back
CTIZAN AD

जनजाति महासंघ कतारद्धारा छैठौं महाधिवेशन सम्पन्न

वि.सं.२०७३ मंसिर २१ मंगलवार

1.1K 

shares

nepal-adibasi-janjati-mahasang-qatar

नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको छैठो महाधिवेसन “पहिचान र अधिकार सहितको संघियता आदिवासी जनजातिको अडान, अपुरो र अधुरो संविधान संशोधनको लागि हाम्रो साझा अभियान” भन्ने मुल नाराका साथ महासंघका अध्यक्ष सीयाराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम महासचिव पुरुशोतम सुनुवारले सञ्चालन गर्नु भएको थियो । महासंघ कतारका पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार बिनेश तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथिहरु गैर आवसिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद गल्फ सहसंयोजक उमेश अधिकारी, गैर आवसिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका कोअपटेड सदस्य आर.के. शर्मा, गैर आवसिय नेपाली संघ कतारका महासचिव ई। नन्द गर्बुजा र महासंघका संस्थापक सदस्य तथा बिशेष सल्लाहकार दिल किरण खुजुम रहेका थिए ।

अतिथिहरु महासंघका संस्थापक सदस्य तथा सल्लाहकार सदस्य विल गुरुङ, संस्थापक सदस्य तथा सल्लाहकार सुक वहादुर तामाङ्ग, सल्लाहकार सदस्य चन्द्रशेर राई, नेपाली जनसम्पर्क समितिका महामन्त्री अजिज अलि, प्रवासी नेपाली मञ्चका अध्यक्ष रामहरि गैरे, नेपाली जनप्रगतिशिल मञ्चका प्रमुख सल्लाहकार होमनाथ शर्मा, नेपाली संघिय समाज फोरमका सदस्य हिराधन राई, संघिय लिम्वुवान मञ्चका केन्द्रिय सदस्य प्रेम हुक्पाचोङवाङ्ग, अन्तराष्ट्रिय नेपाली समाज कतारका (नयाँ शक्ति) संयोजक विवि खराल, नेपाल पत्रकार महासंघ शाखा कतारका अध्यक्ष गणेश वञ्जाडे, समाजसेवी तथा वुद्धिजिवीमा कमल मणि गुरागाईं, बिमल सुबेदी, चानक पोखरेल, मुक्तादा मुसलमान, हुसेन खान, उत्तम गुरुङ, नवीन पोख्रेल, धिरज चाम्लिङ राई, क्रान्ति सिंह, रहेका थिए ।

मातृसंस्थाहरुमा नेपाल मगर संघ शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगर, किरात याक्थुङ चुम्लुङका अध्यक्ष मनकुमार आङवो, तमु समाजका अध्यक्ष खेम गुरुङ, किरात राई यायोक्खाका अध्यक्ष एकराज राई, नेपाल प्रवासी तामाङ्ग समाजका कावा तिर्थ तामाङ, थारु कल्याणकारिणी सभाका महामन्त्री भगवति चौधरी, सुनुवार सेवा समाजका अध्यक्ष सामुयल सुनुवार, प्रवासी भुजेल समाजका अध्यक्ष नियम भुजेल, नेवा पुचका अध्यक्ष उपेन्द्र रत्न शाक्य, माझी सेवा समाजका अध्यक्ष रामचन्द्र माझी, नेपाली धानुक सेवा समाजका अध्यक्ष रामकुमार मण्डल रहेका थिए । गैर आवसिय नेपाली संघ कतारका महिला संयोजक संगीता लामा, नेपाली महिला समाजका प्रथम उपाध्यक्ष अमिना खान, नेपाली मुस्लिम समाजका अध्यक्ष अव्दुल हाफिज, लगायत दर्जनौं जिल्ला संघ संस्थाका प्रतिनिधीहरु तथा पत्रकारहरुको वाक्लो उपस्थिती रहेको थियो ।

प्रमुख अतिथि तथा विशेष अतिथिहरुद्धारा संयुक्त रुपमा ६ वटा दिप प्रज्वलन गरी औपचारिक रुपमा कार्यक्रम उद्धघाटन पश्चात राष्ट्रिय गीतवाट शुरु भएको थियो । महासंघ कतारका प्रथम उपाध्यक्ष देवराज राईले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि विनेश तामाङ्गले आदिवासी जनजातिहरुले उठाएका जायज मागहरुलाई संविधान संशोधन मार्फत संवोधन गर्नु पर्ने धारणा राख्दै संघियता गणतन्त्र र धर्म निरपेक्षा जस्ता उपलव्धीहरुको संस्थागत गर्न संविधान कार्यन्वयनमा जोड दिदै तामाङ्गले महासंघ कतार बिशुद्ध सामाजिक संस्था भएको वताउदै नयाँ नेतृत्वले सवै जनजातिहरुलाई समेटेर लानु पर्ने धारणा व्यक्त गर्नु भयो ।

महासंघका संस्थापक सदस्य तथा बिशेष सल्लाहकार दिल किरण खुजुमले महासंघ स्थापनाको समय स्मरण गर्दै प्रवासमा महासंघले खेलेको भुमिका रह्रानिय रहेको वताउदै त्यसको निरन्तरता दिन सुझाव दिनु भयो । गैर आवसिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका कोअपटेड सदस्य आर।के। शर्माले नेपालका आदिवासी जनजातिहरुको संस्कृति सिङ्गो देशको सम्पति भएको धारणा राख्दै संरक्षण गर्नु पर्ने धारणा राख्नु भयो । समाजसेवी तथा वुद्धिजिवी कमलमणी गुरागाईंले आदिवासी जनजातिहरुको संस्कृति सिंगो देशकै भएको वताउदै प्रवासमा पनि अन्तराष्ट्रिय स्तरमा यसको प्रवर्धन हुँदा सम्पुर्ण नेपालीहरुको शिर ठाडो भएको वताउनु भयो ।

अन्य शुभकामना दिनेहरुमा नेपाली जनसम्पर्क समितिका महामन्त्री अजिज अलि, प्रवासी नेपाली मञ्चका अध्यक्ष रामहरी गैह्रे, नेपाली जनप्रगतीशिल मञ्चका प्रमुख सल्लाहकार होमनाथ शर्मा, नेपाली संघिय समाज फोरमका हिराधन राई, संघिय लिम्वुवान मञ्चका केन्द्रिय सदस्य प्रेम हुक्पाचोङवाङ्ग, अन्तराष्ट्रिय नेपाली समाज कतारका (नयाँ शक्ति) संयोजक विवि खराल, नेपाल पत्रकार महासंघ शाखा कतारका अध्यक्ष गणेश वञ्जाडे, नेपाली महिला समाजका प्रथम उपाध्यक्ष अमिना खान, नेपाली मुस्लिम समाजका अध्यक्ष अव्दुल हाफिज, मातृसंस्थहरुको तर्फवाट किरात याक्थुङ चुम्लुङका अध्यक्ष मन कुमार आङवो, सम्पुर्ण जिल्ला संस्थाहरुको तर्फवाट ओखलढुङ्गा सेवा समाजका अध्यक्ष अशोक सिङदाम तामाङले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको बिचमा महासंघ कतारको १४/१६ कार्यकाललाई सफल पार्न आर्थिक सहयोग गर्नु हने सहयोगहिरु प्रविण गुरुङ, महम्मद मुक्तादा, नवीन पोख्रेल, चानक पोख्रेल, किशोर सुनुवार, भिम ब। थापा, तेज ब लिम्बुलाई कदर‐पत्र प्रदान गरिएको थियो । साथै महासंघ कतारका सचिवालयका पदाधिकारीहरु पुरुशोत्तम सुनुवार, लिलमचिदी मगर, शिवकुमार भुजेल, भाईकाजी गुरुङ, मिलनकुमार भुजेल, तेज मोक्तान तामाङलाई समेत कदरपत्र प्रदान गरिएको थियो । २१ र २२ औं विश्व आदिवासी दिवसमा महासंघले मातृभाषा भाषिक कविता प्रतियोगितामा निर्णायक मण्डलका संयोजक द्धय तिर्थ संगम राई, भानु सुनुवार र सदस्यहरु हेमन्त परदेशी, डि.एन. मगर, बिक्रम चेतनशिल राईलाई कदरपत्र प्रदान गरिएको थियो । त्यसै गरि महासंघ कतारको २०१४/१६ कार्यकालमा हरेक गतिवधिहरुमा प्रत्यक्षरुपमा सहयोग, समर्थन गरी महासंघलाई अगाडी वढाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने सम्पूर्ण मातृसंस्थाहरुलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो ।

खुल्लासत्र समापन पश्चात निर्वाचन समिति महासंघ कतारका संस्थापक सदस्य तथा सल्लाहकार सदस्य सुक ब। तामाङको संयोजकत्वमा नन्द गर्वुजा, चन्द्रशेर राई, नियम भुजेल, किशोर महर्जन रहेको समिति गठन गरिएको थियो । पाँचौ कार्यकालका महासचिव पुरुसोत्तम सुनुवारले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष नरेन्द्र एभेङ्ग लिम्वुले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको प्रतिवेदनलाई तालि वजाएर अनुमोदन गरिएको थियो । निर्वाचन समितिका संयोजक सुक वहादुर तामाङले देवराज राईको अध्यक्षतामा सर्वसम्मत समिति घोषणा गर्नु भएको थियो । प्रथम उपाध्यक्ष लिलम चिदी मगर, द्घितिय उपाध्यक्ष पुरुसोत्तम सुनुवार, महासचिव शिव कुमार भुजेल, उपमहासचिव प्रमोद श्रेष्ठ, सचिव भाईकाजी गुरुङ, कोषाध्यक्ष भरत वहादुर माझी, सह—कोषाध्यक्ष तेज मोक्तान तामाङ, विभागिय सचिवहरुमा राम कुमार मण्डल, कृष्ण गुरुङ, भरत ब। माझी (ख) काली ब. सुनुवार (ईशान), राजेन्द्र साम्याङ्खाम लिम्बु, दिलकुमार श्रेष्ठ, श्यामलाल चौधरी रहेका छन् । संघिय परिषद सदस्यहरुमा केशब ब. घर्ति मगर, केशव राना मगर, मन कुमार आङ्बो लिम्बु, सागर तुम्बाहाङफे, नगेन पाक्साँवा, तेज गुरुङ, लोक ब. राई, शरण कुमार राई, गणेश तामाङ, सन्देश तामाङ, कमल योञ्जन तामाङ, सत्यनारायण चौधरी, भगवति चौधरी, राजेश सुनुवार, बिष्णु ब. सुनुवार, श्रीमान भुजेल, धन ब. भुजेल, रमेश भुजेल, लक्ष्मण श्रेष्ठ, देव व. माझी, प्रेम माझी, सुरेश कुमार मण्डल र रामेश्वर मण्डल धानुक रहेका थिए ।

वि.सं.२०७३ मंसिर २१ मंगलवार ०३:१४ मा प्रकाशित

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

अमेरिकामा रहेका धौलागिरी गाउँपालिकावासी नेपालीहरूलाई संगठित गर्दै धौलागिरी गाउँपालिका समाज...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...