back

नक्कली नोट कारोवार गर्ने ४ बङ्गलादेशी पक्राउ

वि.सं.२०७६ पुस ८ मंगलवार

444 

shares
IME Limited
NTC AD

८ पुस, भक्तपुर । एक हजार दरका नक्कली नोटको कारोवार गर्ने चारजना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त थिमिको टोलीले उनीहरुलाई आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा बङ्गलादेश नेत्रकुना घर भई मध्यपुरथिमि–१ लोकन्थली बस्ने ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षीय महमद उल्लाहा रहेका छन् ।

त्यस्तै मुख्य अभियुक्त भनिएका फरार सुमन खानलाई पेप्सीकोला टाउन प्लानिङमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरिएको छ । पक्राउ परेका चारै जनालाई आवश्यक कानूनी कारवाहीको प्रक्रिया अगाडि बढाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सबिन प्रधानले जानकारी दिए ।

गत पुस ३ गते भक्तपुरको मध्यपुर थिमी नपा–१ मा रहेको परिधि गिफ्ट पसलमा शपबाट बङ्गलादेश फरिदपुर घर भई हाल लोकन्थली बस्ने २६ वर्षीय सुमन खानले सामान खरिद गरी नक्कली नोट रु दुई हजार दिई फरार भएको भन्ने सूचनाका आधारमा प्रहरीले खोजी गरेको थियो ।

खोजी गर्ने क्रममा खान लोकन्थलीस्थित लक्ष्मी सिलाइ केन्द्रमा काम गर्ने भन्ने जानकारीका आधारमा उनको कोठामा खानतलासी गर्दा एक हजार दरका थप १६ थान नक्कली नोट बरामद गरेको र उनीसँगै कोठामा बस्ने तीनजनालाई पक्राउ गरेको उनले जानकारी दिए ।

वि.सं.२०७६ पुस ८ मंगलवार १६:२५ मा प्रकाशित

फेदीखोलामा गोरु पालक २२४ कृषकलाई प्रोत्साहन अनुदान वितरण

फेदीखोलामा गोरु पालक २२४ कृषकलाई प्रोत्साहन अनुदान वितरण

स्याङ्जा । फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन अनुदान वितरण...

सांसद चौधरीविरुद्ध बैङ्किङ कसुरमा जाहेरी

सांसद चौधरीविरुद्ध बैङ्किङ कसुरमा जाहेरी

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद तथा प्रमुख सचेतक...

सोह्र वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

सोह्र वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौँ । मलेसियामा आयोजना हुने एसिसी पुरुष यु–१६ इस्ट जोन...

बजेट सन्तुलित हुनुपर्नेमा पूर्वअर्थमन्त्री शर्माको जोड

बजेट सन्तुलित हुनुपर्नेमा पूर्वअर्थमन्त्री शर्माको जोड

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)...

आयोडिनयुक्त नूनको आपूर्ति निजीकरण नगर्न उपभोक्ता मञ्चको आग्रह

आयोडिनयुक्त नूनको आपूर्ति निजीकरण नगर्न उपभोक्ता मञ्चको आग्रह

काठमाडौँ । सरकारले आयोडिनयुक्त नूनको आपूर्ति प्रणालीमा निजी क्षेत्रलाई प्रवेश...

धनुषामा करेन्ट लागेर एकजनाको मृत्यु

धनुषामा करेन्ट लागेर एकजनाको मृत्यु

महेन्द्रनगर (धनुषा) । धनुषामा बाली जोगाउन खेतमा जडान गरिएको विद्युतीय...