back
CTIZAN AD

अफ्रिकी देश घानामा रहेको एनआरएनएद्धारा नेपाल भ्रमण २०२० को प्रचार

वि.सं.२०७६ पुस ८ मंगलवार

1.2K 

shares

८ पुष, घाना । गैरआवासीय नेपाली संघ (एनआरएनए) घानाले नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरेको छ ।

संस्थाले डिसेम्बर २२ मा  ‘भिजिट नेपाल २०२०’ लेखिएको टिर्शट लगाएर घाना तथा अन्य विदेशी नागरिककाबीच नेपाल घुम्न जाउँ भन्ने नाराका साथ नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरेको हो ।


संघका कोषाध्यक्ष विकास सुवेदीका अनुसार एनआरएनए घानाका २० भन्दा बढी पदाधिकारीहरु मिलेर प्रचार -प्रसार कार्यक्रम गरिएको हो ।

उनीहरुले घानाका नागरिक मात्र नभएर घानामा कार्यरत तथा विभिन्न संघ संस्थामा आवद्ध युरोपेली नागरिकहरुलाई पनि नेपाल भ्रमणका लागि अनुरोध गरेका थिए ।

सोहि अवसरमा युरोपेली नागरिकहरुले नेपाल भ्रमणमा आउन इच्छा देखाए पनि घानाका नागरिकहरुलाई भने नेपाल भ्रमणका लागि भिसा सहज नभएको गुनासो समेत आएको कोषाध्यक्ष सुवेदीले संसारन्युजलाई जानकारी दिएका छन् ।

सुवेदीले घानामा कार्यरत विदेशी नागरिकहरुको साझा संस्था ‘घाना इन्टरनेशनल एक्सपार्ट’ नामक संस्थामा आवद्धहरुका बीचमा पनि नेपाल भ्रमणको प्रचार तथा घुम्नका लागि अनुरोध गरिने बताएका छन् ।

उक्त भिजिट नेपाल लेखिएको केही टिर्सट घानाका लोकल नागरिकहरुलाई समेत वितरण गरिएको थियो ।

नयाँ कार्यसमिति चयन भएको तीन महिनामा संघले एनआरएनए कार्ड वितरण, नेपाल भ्रमणको प्रचार- प्रसार तथा प्रत्येक एनसीसीले गर्ने एक कल्याणकारी कामका लागि डोनेशनहरु संकलन गर्ने काम अघि बढाउन लागेको पनि सुवेदीले जानकारी दिएका छन् ।

वि.सं.२०७६ पुस ८ मंगलवार १६:३६ मा प्रकाशित

प्रतिनिधिसभा बैठक पुनः सुरु

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश...

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा पानीको बहाव बढेपछि फेरी बन्द

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका–९ अरुण...

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

नेपाल राष्ट्र बैङ्क ऐन संशोधन विधेयक संसद्मा दर्ता

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री...

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

काठमाडौँ । दक्षिण कोरियामा भएकोे याङ योङ जा टेबलटेनिस मिसन...

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र...

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

श्री जनज्योति माविमा सुविधा सम्पन्न कक्षाको शुभारम्भ, कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

देवचुली (नवलपुर) । सामुदायिक विद्यालयप्रतिको विश्वास बढाउँदै गुणस्तरीय र प्रविधिमैत्री...