back
CTIZAN AD

कोरिया पठाउन सिप भन्दा औद्योगिक दुर्घटनाबाट बच्ने उपायबारे बुझाउन जरुरी

वि.सं.२०७६ पुस ८ मंगलवार

618 

shares

कोरियामा सिप सिकेर होइन, दुर्घटनाबाट कसरी बच्ने जानकारी लिएर आउनु राम्रो हुने बताउँछन्, प्रवासी मजदुर युनियन (एमटियु)का महासचिव मधुसुदन ओझा । कोरियामा रहेर मजदुर हक, अधिकार बारे आवाज उठाउँदै आएका अधिकारकर्मी ओझा कोरिया आउने नेपाली कामदारले सिप सिकेर कोरिया आउन भन्दा बरु औद्योगिक दुर्घटनाबाट कसरी बन्च सकिन्छ ? कार्यस्थल सम्वन्धि जानकारी र कोरियामा प्रयोगमा ल्याईने बिभिन्न मेसिनको प्रयोग सम्बन्धी जानकारी लिएर आउनु राम्रो हुने बताउँछन् । नेपालीले नेपालमा जति नै सिप सिकेर गएको भए पनि E9 भिषामा कोरिया जाने कामदार जति सबै अदक्ष कामदारको बिल्ला भिरेरै जानु पर्ने त्यहाँको यथास्थिति भएको बताउँछन् । कोरिया आएको १७ दिनमै औद्योगिक दुर्घटनामा नेपालीले ज्यान गुमाई राखेका छन त्यसैले पनि कोरिया जानु अघि सिप परिक्षा भन्दा औद्योगिक दुर्घटनाबाट बच्ने सुरक्षाका बारेमा जानकारी दिनुपर्ने उनको जोड छ ।
उनले सामाजिक सञ्जालमार्फत यसबारे लेखेका छन्  :

“बिना योग्यता बिना सिप भनेर कोरिया आउने कामदार का लागि स्किल टेस्ट के का लागी ? बरु औद्योगिक दुर्घटना बाट कसरी बन्च सकिन्छ प्रवासी श्रमिक जादै गरेको कार्य स्थल सम्वन्धि बिभिन्न जानकारी कोरियामा प्रयोग मा ल्याईने बिभिन्न मेसिनको प्रयोग सम्बन्धी जानकारी सुरक्षा सम्बन्धी तालिम दिन जरुरी छ ।

कोरिया आएको १७ दिनमै औद्योगिक दुर्घटनामा प्रवासीले ज्यान गुमाई राखेका छन हाम्रो सरोकारवाला दिन प्रतिदिन कोटा बढाइ दिनुपर्यो भनि बिन्ति गर्छ । कोटापनि बढ्छ १२/१५ हजार पास पनि हुन्छन ९० हजारले फर्म भर्छन उक्त फर्म फिसबाट मात्र अरवौ पैसा उठाइन्छ । हाम्रो देशका कोरियन भाषा केन्द्रहरु १००% प्रतिशत ग्यारेन्टीका साथ कोरिय भाषा पास गराउने नाममा लाखौ असुली राखेका छन । ठुलै सङ्घर्ष गरेर भोक तिर्खा नभनि कोरियन भाषा पास गरेको युवा लाई ठुलो आस जाग्छ । अव त कोरिया जाने योग्य त भयो अव त मेडिकल गर्ने जाव अप्लिकेशन फार्म भने अनि रोस्टरमा बसेर नाम आएपछि कोरिया जाने भनेर तर जव पास हुदैमा योग्य हुने होइन योग्य हुन त स्किल टेस्ट पनि पास हुनुपर्छ भन्ने उर्दि जारि गरिन्छ । त्यसपछि उसका सबै सपना टुटछन फेरी मालामाल हुन्छन तिनै कोरियन भाषा केन्द्रहरु कोरियामा नेपालि युवाहरु  स्किल टेस्ट पास गरेर आउछ ।

तर रोजगार स्थलमा स्किलटेस्ट पास गरेको भनेर कुनै फरकै व्यवहार गर्दैन यात भनौ कि उसलाई फरकै दक्ष कामदार भनि सोच्दैन । “मुख्य हामि E9 भिषामा कोरिया आउने कामदार जति सबै आउने नै अदक्ष कामदार को बिल्ला भिरेर हो । अनि अदक्ष कामदारको रुपमा भित्र्याउने इस्किल टेस्ट पनि भन्ने । यदि स्किल टेस्ट राख्ने हो यात फेरी स्किल टेस्ट पासगरे पछि दक्ष कामदार भनि प्रमाणपत्र पनि दिनु पर्यो ।”

वि.सं.२०७६ पुस ८ मंगलवार १६:५२ मा प्रकाशित

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...