४ पुष, साउदी । गैरआवासिय नेपाली संघ साउदी अरबको २० डिसेम्बर २०१९ का दिन अध्यक्ष तेज बहादुर थापाको अध्यक्षतामा बसेको तेस्रो पूर्ण बैठकले २०१९-२१ कार्यकाल अवधी भर गरिने कार्ययोजनाको खाका तयार पारेको छ ।
बैठकमा राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु,आइसिसी मध्यपूर्ब सह संयोजक राजेन्द्र(जोन)अर्याल, आइसिसी सदस्य यास्मिन बेगम, आइसिसी मानार्थ सदस्य रमेश भण्डारी,एनसिसी साउदीका प्रमुख सल्लाहकार डमर यादव, संस्थापक तथा भूतपुर्ब मध्यपुर्ब सहसंयोजक राजु सैयद, संस्थापक तथा संरक्षक बिरेन्द्र कुमार चौधरी लगायत स्थानिय समितिका सदस्यहरुको बिशेष भेलाले बिभिन्न प्रस्ताव तथा निर्णयहरु पारित गर्दै वार्षिक कार्यतालिका साथ बिभिन्न समिती तथा उपसमिती निर्माण गरी जिम्मेवारी बाँडफाँड गर्दै संघले आफ्नो गतिबिधिलाई तिब्र बनाएको छ ।
नेपाल प्रयटन प्रवद्र्धन समिती :
नेपाल भ्रमण बर्ष २०२० (Visit Nepal 2020) लाई लक्षित गरी साउदी अरबमा रहेको नेपाली दूताबास र महावाणिज्य दूतावास तथा बिभिन्न सरोकारवालाहरुसँग समन्वय गरी पर्यटनलाई बिकास र प्रवद्र्धन गर्न यो समिती गठन गरिएको हो । उक्त समितिमा संघका केन्द्रीय उपाध्यक्षको संयोजकत्वमा राजकुमार श्रेष्ठ, शुक्र मोक्तान,राजकुमार गिरी, राम बहादुर क्षेत्री र अर्जुन थापा रहेका छन् ।
परोपकारी मेघा परियोजना समिती :
संघका केन्द्रीय उपाध्यक्ष बिसाल कुमार श्रेष्ठको संयोजकत्वमा रबिना अर्याल र रमजानदिन मियां सहितको समिती गठन भएकोछ । उक्त समितिले नेपालका दुर्गमा जिल्लामा बिभिन्न भौतिक संरचनाहरु निर्माण गर्ने,अति बिपन्न बर्गका बिद्यालयमा आधारभुत आवश्यकतामा सहयोग गर्ने लगायत अन्य परोपकारी कार्यका साथ अगी बढने लक्ष राखेको छ ।
एनसिसी साउदी अरबको सामुहिक लगानिमा नेपालमा परियोजना स्थापना समिती :
गैर आवासिय नेपाली संघ साउदीमा आबद्ध सदस्यहरुको सामुहिक लगानीमा नेपालमा उद्योग सञ्चालन गर्नका निम्ती यसै संघका केन्द्रीय कोषाध्यक्ष सन्तोष लुइंटेलको संयोजकत्वमा एनसिसी अध्यक्ष तेज थापा, महासचिव उमेश भट्राई सहित योगेन्द्र श्रेष्ठ, लाल बहादुर मगर, बिष्णु न्यौपाने, नरेन्द्र कार्की,राम बहादुर क्षेत्री, सत्य केसी रहेका छन् भने परियोजनाको सल्लाहकारको रूपमा मध्यपूर्ब सहसंयोजक राजेन्द्र(जोन्) अर्याल रहेका छन् ।
नेपालमा परियोजनाको लागि सम्भावित क्षेत्र तथा वस्तुको अध्ययन गरी कलकारखाना या कृषि भन्ने बिषयमा समितिको घनिभुत छलफल पछी परियोजनाको खाका सार्वजनिक गर्ने संयोजकको योजना रहेको बताइएको छ ।
लेवर टास्कफोर्स समिती
साउदी अरबमा अवस्थित नेपाली नियोग तथा सरोकारवाला संग समन्वय गरी बैदेशिक रोजगारीको शिलशिलामा साउदी अरब पुगेर बिभिन्न कारणले जेल जीवन बिताइरहेका, अलपत्र परेका,दुर्घटनामा परेका पीडितको न्याय तथा उद्धारका निम्ती संघका बरिष्ठ उपाध्यक्ष धुर्ब रिजालको संयोजकत्वमा चन्द्रमणी भण्डारी लगायत बिभिन्न क्षेत्रिय तथा स्थानिय समितिका अध्यक्षहरुको सदस्यता रहने गरी समितिको निर्माण भएको छ ।
साहित्य कला तथा साँस्कृतिक समिती
बिदेशमा रहेर पनि नेपाली कला संस्कृतिको जगेर्ना गरी बिदेशमा पनि नेपालको पहिचान गराउने उद्धेश्यले उपाध्यक्ष मनोज बरालको संयोजकत्वमा सन्तोष लुइंटेल, बिष्णु न्यौपाने र गणेश खडका सहितको समिती निर्माण गरिएको छ ।
यसैगरी चित्र कुमार राइको संयोजकत्वमा खेलकुद समिती, भोला पौडेलको संयोजकत्वमा सदस्यता अद्यावधी तथा संगठन बिस्तार समिती र बिष्णु न्यौपानेको संयोजकत्वमा नयां क्षेत्र गठन जस्ता कार्ययोजनाहरु यसै बैठकद्वारा तय गरिएको बताइएको छ ।
बैठकले संघका संस्थापक र बिज्ञहरुलाई समेटेर संरक्षक मन्डलको गठन गर्दै, बिभिन्न समयमा नि : शुल्क स्वास्थ्य परिक्षण, स्वास्थ्य जनचेतना कार्यक्रम गर्दै २०१९-२१ कार्यकाललाई ऐतिहासिक बनाउने एनसिसी साउदी अरबको लक्ष्य रहेको पनि अध्यक्ष तेज थापाले संसारन्युजलाई बताएका छन् ।
वि.सं.२०७६ पुस ८ मंगलवार १७:०९ मा प्रकाशित



























