back
CTIZAN AD

चौबीस घण्टामा १०० भन्दा बढी तालिवान लडाकूको मृत्यु

वि.सं.२०७६ पुस ९ बुधवार

747 

shares

९ पुस, काबुल । अफगानिस्तानमा सेनाले देशभर चलाएको सुरक्षा कारबाहीमा परी १०० भन्दा बढी तालिवान लडाकूको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन् ।

कारवाहीबारे तालिवान समूहबाट कुनै प्रतिक्रिया आइसकेको छैन । सुरक्षाकर्मीले देशका विभिन्न १५ राज्यमा १८ स्थानमा विद्रोहीविरूद्ध कारबाही चलाएको सेनाले बताएको छ ।

उफगानिस्तानको रक्षा मन्त्रालयद्वारा मङ्गलबार जारी विज्ञप्तिमा भनिएको छ, “विगत २४ घण्टामा देशका विभिन्न १५ राज्यमा १८ स्थानमा विद्रोहीविरूद्ध सेनाले कारबाही चलाएको र ती घटनामा कम्तीमा १०९ लडाकू मारिएका छन् भने कम्तीमा ४५ जना घाइते भएका छन् ।

मन्त्रालयले लडाकू एउटै समूहका हुन् वा फरक फरक समूहका भन्ने प्रष्ट खुलाएको छैन ।
अफगानिस्तानमा हालै भएको निर्वाचनमा असरफ घानी निर्वाचित भएको प्रारम्भिक भनाइहरू आइरहेका समय सेनाले यति ठूलो सङ्ख्यामा लडाकूको मृत्यु हुनेगरी कारबाही चलाएको छ ।

अफगानिस्तानी तालिवान समूह र अमेरिकी प्रतिनिधिबीच स्थायी शान्ति वार्ताका लागि पहल भइरहेका समय पछिल्लो कारबाही भएको छ ।

वि.सं.२०७६ पुस ९ बुधवार १०:१९ मा प्रकाशित

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...