back
CTIZAN AD

क्यालिफोर्नियाको गोदामघरमा भएको आगलागीमा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो

वि.सं.२०७३ मंसिर २१ मंगलवार

915 

shares

fire

२१ मंसिर, ओकल्यान्ड (पश्चिम क्यालिफोर्निया) । अमेरिकी राज्य क्यालिफोर्नियाको एक गोदामघरमा शुक्रबार भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको अमेरिकी अधिकारीले बताएका छन् ।

यसअघि कम्तिमा ४० जनाको मृत्यु भएको हुनसक्ने भन्दै अग्नी नियन्त्रक अधिकारीले मृतकका शरीर जम्मा गरिरहेका बताएका थिए ।

उक्त गोदामघरको एक तलामा रहेको ‘रेभ पार्टी’ (सङ्गीत तथा अन्य मोजमस्तीसहितको सेवा) प्रदान गर्ने रेस्टुरेन्टबाट आगलागी सुरु भएको बताइएको छ । उक्त भवनमा आगलागी नियन्त्रणका लागि कुनै सुविधा नभएकाले ठूलो क्षति हुन पुगेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट थाहा भएको अग्नी नियन्त्रकले जनाएका छन् ।

भवनभित्र आगलागी भएपछि भवनको छानाबाट सुन्तला रङ्गको ज्वाला निस्केको प्रत्यक्षदर्शीले बताएका छन् । भवनभित्र भएका मानिसको एकीन सङ्ख्या भने अझै थाहा हुन नसकेको एलनिडा काउन्टी सेरिफका विभागीय प्रमुख सर्जेन्ट रे केलीले बताउनुभयो ।

भवनको भग्नावशेषभित्र थुप्रै मानिस पुरिएर रहेको हुनसक्ने उहाँले बताउनुभयो । अधिकारीले हराएका मानिसको खोजी कार्य जारी राखेको बताएका छन् । आगलागी हुँदा ५० देखि १०० जना मानिस भवनभित्र रहेको अपुष्ट समाचार बाहिर आए पनि केहीले आगलागीपछि भागेर बाँच्न सफल भएका थिए । एएफपी

वि.सं.२०७३ मंसिर २१ मंगलवार ०३:५३ मा प्रकाशित

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...