back
CTIZAN AD

कविता : अभिनय

वि.सं.२०७६ पुस १२ शनिवार

921 

shares

मरेको छैन उ,
मरेको जस्तो मात्र गरेको छ
आँखा चिम्लिएर के भयो र ।?
चिम्लिएको अभिनय गरेको छ
मुटु चल्न छाड्दा पनि
आँखा हेरेकै छ
त्यसैले मुटु चलेन त के भयो ?
उ बाचेकै छ
किनकी अभिनय गरेकै छ ।

यहाँ,
हरेक शिष्टाचारमा अभिनय छ
ब्यवहारमा अभिनय छ
नाता लगाउदैमा आफ्नो रहदैन
नाता सम्वन्धमा अभिनय छ
रगतको रङ्ग रातो हुन्छ
दृष्टिकोणमा अभिनय छ
गजबको रहेछ यो
धमिलो लागेर पनि
आँखामा बादल नदेखिने
धरती माथिको आकाश
छुन नसके झै
अभिनयलाई बुझ्न नसकिने
अब त लाग्छ
प्रकृति पनि अभिनय गर्दैछ
श्रावणको भेल चैत्रमा बगे झै
सूर्य पश्चिमबाट उदाउने छ
किनकी,
जमाना अभिनयकै छ ।

मानवता आफैमा मिठो छ
शब्दले मात्र पनि मनलाई छुन्छ
भावनालाई छुन्छ
त्यसैमा हार्दिकता छ
सामिप्यता छ
तर यहाँ,
मानवता पढाउनेहरुमा अभिनय छ
उनीहरुको मुस्कानमा अभिनय छ
र, आँशुमा अभिनय छ
किनकी मानवता फलाक्नेहरुमै
अभिनय बाँचेको छ ।

हामीले विश्वास गरयौ शब्दलाई
शब्द फ्याकेर माया गर्नेलाई
आफन्त बनाउने र शासन गर्नेलाई
जसले शब्दलाई वास्तविकतामा होईन
अभिनयमा रुपान्तरण गर्न सक्यो
उ नै राम्रो भयो
उ नै हाम्रो भयो
किनकी उ यसैगरी
सगरमाथा चढिसकेको छ
तर हामी हाम्रै धरातलमा
शब्दसंगै नाचेका छौ
मानवता अनुभूति गर्न पाउदैनौ थाहा छ
तर पनि आशामा बाचेका छौ
जमाना अभिनयकै छ
अभिनय जान्ने कै प्रतिष्ठा छ
किनकी यहाँ सबै मर्नेहरु
मरेका हुदैनन
सबै बाँचेकाहरु
बाँचेका हुदैनन्
त्यसैले उ मरेको छैन
किनकी उसले अभिनय जानेको छ ।

~~~ ०००००~~~~~

वि.सं.२०७६ पुस १२ शनिवार १०:३० मा प्रकाशित

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

काठमाडौँ । साहित्यकार सुमन शर्माको–“साई सुमनका गजलहरू’ को लोकापर्ण गरिएको...

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

सुसेली : हाम्रो भोटमा

सुसेली : हाम्रो भोटमा

त्रिलोचन आचार्य सुनगाभाटोल, कपन पाखा पखेरा आश्वासन सुनेर सधैं दिक्दार...

चारु

चारु

ऋषिराम भुसाल,गुल्मी मदाने, हाल- काठमाडौं यो देश ह्वारह्वार जलेको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर घायल बनाउने खुद आँखा विचित्रका छन् आफ्नै...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...