back
CTIZAN AD

केहि हाइकुहरु

वि.सं.२०७६ पुस १२ शनिवार

1.4K 

shares

मुहान सुक्यो
तिर्खाएको ओठमा
सन्तृप्ती छैन ।

हिलोको माथी
कमल फुलीसक्यो
तिमी कहिले ?

जिब्रे फूलको
मन चुस्ने चमक
लठ्ठ नयन ।

झिल्के पुरली
नशामा उन्मक्त छ
यो वसन्तमा ।

साकुरा फूल्दा
हाम्रो प्रेमयात्राको
झन्डोत्तोलन ।

दुवै नजर
पत्थर छिचोलेर
दहमा डुब्यो ।

मन उडेर
निकै माथी पुगेछ्
आकाश छुन !

तिम्रो सुवास
फूल पनि लट्ठछ
फूलबारीमा ।

हिउको हिलो
दलदले पहाड
एकान्त यात्रा ।

सिमसिमे छ
साउनको यो झरी
तिमी दर्कियौ ।

वि.सं.२०७६ पुस १२ शनिवार १०:४४ मा प्रकाशित

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

काठमाडौँ । साहित्यकार सुमन शर्माको–“साई सुमनका गजलहरू’ को लोकापर्ण गरिएको...

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

सुसेली : हाम्रो भोटमा

सुसेली : हाम्रो भोटमा

त्रिलोचन आचार्य सुनगाभाटोल, कपन पाखा पखेरा आश्वासन सुनेर सधैं दिक्दार...

चारु

चारु

ऋषिराम भुसाल,गुल्मी मदाने, हाल- काठमाडौं यो देश ह्वारह्वार जलेको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर घायल बनाउने खुद आँखा विचित्रका छन् आफ्नै...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...