back
CTIZAN AD

साइनोबारे अलिकति कुरा

वि.सं.२०७६ माघ ७ मंगलवार

1.1K 

shares

हाम्रो सिर्जना सूत्र
मन–माटाको सम्बन्ध
जन–जीवनको सुगन्ध ।
नेपालीको मौलिक सम्पदा हो साइनो । हामी सबै स्रष्टा र सृष्टिको सम्बन्ध जोड्छ, यसले । साइनो शब्द कम चल्तीमा रहेको नेपाली झर्रा हो । यसले नेपाली पनको स्पर्श दिन्छ ।
साइनो सामान्यतः तीन अक्षरको शब्द हो । यी तीन अक्षर टुक्रयाएर अथ्र्याउँदा यस्तो अर्थ आउँछ :
सा = सात महादेश, सात–समुद्र, सात बार
ई = इच्छा/चाहाना
नो, न + ओ – न = नवरस, ओ– ओजस्वी । अर्थात् सात महादेशका कुनै पनि कुनामा बसेर साइनो गाँस्न सकिन्छ । आवश्यकता छ इच्छाशक्तिको । यसरी गाँसिने वा रचिने साइनो नवरस मध्ये जुनरसको पनि हुनसक्छ । त्यस्तो रचना ओजपूर्ण हुन्छ, ओजस्वी हुन्छ । यसर्थ साइनोमा रहेका सात, आठ र नौ अक्षरको आफ्नै अर्थ र महत्व छ भनेर पत्याउन सकिन्छ ।
अर्को तरिकाले पनि सात, आठ र नौ को सन्दर्भ खोज्न सकिन्छ ।
सात = सातबार मध्ये जुन दिन पनि साइनो लेख्न सकिन्छ । यसका लागि बार किटान गरिरहनु पर्दैन ।
आठ = आठ दिशा मध्ये जुन दिशातिर फर्केर पनि साइनो लेख्दा हुन्छ । पूर्व वा दक्षिण भन्ने हुँदैन । यसैगरी नौ = नवरस/नवरत्न जसरी अथ्र्याए पनि साइनोको साख नवरससँग जोडिन सक्छ, जोडिन्छ ।

साइनोको खास सम्बन्ध जीवनसँगको नाता हो । जीवनका अङ्ग–अङ्गसित नाता जोड्नु नै साइनो हो । यो साइनो सिर्जनात्मक हुन्छ । साइनो सिर्जनाले जीवनका पाटा, देश, राजनीति र जनतासँगको सम्बन्ध जनाउँछ । यसो भनिरहँदा साइनो जीवनकै अङ्गहरुको सम्बन्ध हो भन्ने प्रस्टिन्छ ।

प्रकृति र पुरुष बिचको सम्बन्ध पनि साइनो नै हो । यो सम्बन्ध भूगोल, प्रकृति, संस्कृति, संस्कार, सभ्यता जस्ता पाटासितको अविच्छिन्न सम्बन्धको पर्याय नै साइनो हो । यस्तै भाव र अर्थ संवहन गर्ने सिर्जनात्मक साइनो नै नेपाली माटामा उम्रेको हो । यसले पर्याप्त नेपाली मन मस्तिष्कको स्याहार प्राप्त गरेको छ । विगत छोटो समयमा साइनोले प्रशस्त सर्जक र पाठक दुवै प्राप्त गर्दै आएको छ ।

आजको मितिसम्मको कुरा गर्दा सयौँ साइनो स्रष्टाहरुले सामाजिक सञ्जाल छोपिएको छ । साइनो चौपारीमा यसका विज्ञ, पाठक र स्रष्टा जोडिएका छन् भने साइनो संसारमा आम पाठकसँगै सर्जकहरु पनि मिसिएका छन् । यसकोणबाट हेर्दा साइनो सिर्जना मेचीकाली र तराई, पहाड, हिमालमा छरिएका पाठक तथा सर्जकमा सीमित छैन । यसले त अफगानिस्तान, क्यानडा, कोरिया, भारत, जापानसम्म आफ्ना पंख पु¥याइसकेको देखिन्छ । यसको सिर्जना सूत्र एवं सैद्धान्तिक स्वरुप बारे विद्धानहरुले विर्मश गरिरहेका छन् । यो क्रम सामाजिक सञ्जाल र छापा पत्रिकाहरु तथा छापा पत्रिकाहरूमार्फत चलिरहेको छ । यो नेपाली मन माटो र साइनोकारका लागि खुशीको विषय हो । ‘अस्तु’

वि.सं.२०७६ माघ ७ मंगलवार १२:३९ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...