back
CTIZAN AD

मुलुकभरीका स्थानीय सरकारहरूमा लाखौं रूख ढाल्ने पागलपन सवार

वि.सं.२०७६ माघ ७ मंगलवार

1.4K 

shares

पर्बतको फलेबास नगरपालिका अहिले बहुलाएको छ, त्यहाँ सदाका लागि अपुरणीय बर्बादी हुदैछ । पूराना धार्मिक महत्वका वर पिपल र चौतारी, घरपरिसर भित्रका सयौं वर्ष पुराना, सबै प्रजातिका हजारौं, लाखौं रूख बुट्यानहरू काटेर ‘क्लिन ग्रीन फलेबास’ को नारा फलाक्दै पर्यावरण बिनास मात्र हैन, ग्रामीण ईतिहास, भूगोल नै मास्न लागेको मूर्खता देखिदैछ । हजारौं वर पिपलका र अन्य पुराना रूखहरू प्रति सामूहिक पागलपनको प्रदर्शन एवं निर्मम ब्यवहार गर्दै जबरजस्ति ढालिएका छन्, ढालिदै छन् ।

यस्तो हुनुमा दाउरा तथा काठका स्थानीय ब्यापारी र स्थानीय नेताहरू बीचको अनैतिक भ्रष्ट गठबन्धन हुनैपर्छ ।
वर र पिपलको रूखको महत्व र ती हुर्काउने, रोप्ने कैयन अघिका परोपकारी पुर्खाहरूको अपमान गर्न तम्सने ती नेपाल आमाको कुलंगार सन्तान हुनुपर्छ । तिनीहरू गाउँघरको संस्कृति, मान्यता, धर्म, परम्परालाई मासेर, बेचेर, पैसा कमाउने दाउमा लागेका हुन् । यसमा वन बिभाग चुप बस्नु अर्को रहस्य हुन पुगेको छ ।

फलेबास धेरै बौद्धिक, बुद्धिजीबी जन्माएको नेपालको महत्वपूर्ण गाउँ हो । तर त्यही गाउँमा नै नेताहरूबाट माफियाहरुको गठबन्धनमा प्रकृतिमाथि यसरी दिन दहाडे बलात्कार हुदैछ र तिनको अगाडी सबै जनता मुकदर्शक र निरीह बनेको देखिनुले आत्मा मरेको फलेबास सिद्ध भएको छ । जुन कुरा मानिसको जीवन कालमा पुन ः गर्न सक्नुहुन्न् त्यो मास्ने कामगर्ने अधिकार कसैमा छैन । त्यस्ता आपराधिक कुकर्मीमाथि कडा सजाय हुनै पर्छ । बेपर्वाह हजारौं रूख बुट्यान काटिसकिएको छ र त्यो क्रम वनको डढेलोसरी फैलदै छ । काटिएका काठ दाउरा तस्करी भइसकेको छ ।

पर्वतको फलेबासमा ’क्लिन फलेवास ग्रिन फलेवास’ को कलुषित नारा दिएर पोहोर सालबाट यो कार्यक्रम सुरु भएको हो । पछि त्यसलाई हरियो र सफाइ मात्र होइन भनी व्यापक दायराभित्र मानिसको आनीबानी र आयआर्जन समेत पर्छ भन्दै व्यापक तालिमहरु कार्यक्रम संचालित गर्दै, बजेट थप्दै गए । खुबै प्रचारप्रसार पनि गरियो । खासमा त्यो क्लिन ग्रिन फलेबास भन्ने स्पष्ट परियोजना भन्दा पनि एउटा षडयन्त्रको अभियान जस्तो हुदै गएको छ । नगरपालिकाले मनमानी जे जे गर्दै हिड्दै गयो, सबै यही बृहद कन्सेप्ट भित्रको कुरा हो भन्दै अर्थ्याउदै गरेर अहिले जथाभावी रुखहरू काट्नेसम्मको स्थितिमा पुगेको छ । बुट्यानहरू बढेर खेतीपाती भएन, घरबारी जोखिमा परे, घरगाँउमै बाँदर बढे आदि आदि अबैज्ञानिक बिना अध्ययन, सोध वा अनुसन्धान, गलत नाराहरू दिदै बृहद रुख कटान अभियानमा पुगेका छन् ।

अहिले खेत वा घरबाट २५ मिटर सिमाभित्र रहेका सबै रुख हटाउने पनि आदेश जारी भएको छ । धमाधम रुख काटिएका छन् । काठ दाउरा तस्करी हुदैछ । मान्छे बाहिर भएको, ढोकाबन्द घर कम्पाउण्डमा समेत बिना सूचना घुसेर रुखहरू ढालिदिने र सो पापतको खर्च धनीसँग पछि असुल्ने भनिएको छ । नयाँ, पुराना, यो जात, उ जात नभनी सबै रुख एकै मेसोले काटिदै छन्, काटिएको छ । यसमा वन ऐनकानुनहरु बिपरित काम भएकोले रुख काट्ने र काट्न आदेश दिनेउपर कार्यवाही हुनुपर्ने हुन्छ । यसरी नगरपालिकाको गलत, घातक अभियानको बिरोध पनि भइरहेको छ । यस्ता वन कानुन मिच्ने नगरपालिकाका पदाधिकारीहरू कानुनी दायरामा फस्ने पक्का छ । यस्तो नोक्सानी भइसक्दा पनि सरकार भने चुपचाप बसिरहदा अहिलेसम्म विभिन्न जातका पौराणिक, धार्मिक, पर्यावरणीय, ऐतिहासिक वा भौगोलिक महत्वका सदियौं पुराना समेतका हजारौं रुखहरु ढालिसकेर अपुरणीय क्षति पुगिसकेको छ । वातावरणमाथि जघन्य अपराध हुदैछ, तर राज्य टुलुटुलु कसरी हेरेर बसेको छ ?

यस्ता रूख ढाल्ने जघन्य अपराधिक घटनाहरू स्थानीय सरकारहरूको नेतृत्वमा मुलुकभरि जारी देखिन्छ । मुलुक मरूभूमिकरण र मानव बस्न नालायक बन्ने त होईन भन्ने चिन्ता बढेको छ ।

निजगढमा अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउन केही हजार रूख बुट्यान काट्न हुन्न दिन्नौं भन्दै चिच्याउनेहरू अहिले मुलुकभरि सदियौं पुराना महत्वपूर्ण करोडौं रूख काटिदा पनि चुप किन छन् ? बिरोध गर्न कतैबाट फण्डिङ नआएर ती चूप रहेका त हैनन् ?

यस्ता अबैज्ञानिक मूर्खतालाई सरकारले तुरून्त हस्तक्षेप गरिहालोस् । कानुनविपरित कामगर्ने अपराधी जनप्रतिनिधि उपर मुद्दा दायर गरियोस् । यस्तो अपराधमा सरकार मतियार बनेको संदेश नजाओस् ।

फलेबास नगरपालिका पर्बत लगायत मुलुकभरि हुदै गरेको सयौं वर्ष पुराना वर, पिपल चौताराका रूख ढालेर इतिहाँस मेटाउने उद्दत आपराधिक जघन्य बर्बादी, पागलपनका घटनाहरू तत्काल रोकियोस् ।

उपाध्याय नेपाल सरकारका सचिव हुन्

एकाध प्रोजेक्ट बन्दैमा वा नबन्दैमा केही फरक पर्दैन

वि.सं.२०७६ माघ ७ मंगलवार १६:१८ मा प्रकाशित

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

“खत्तम छ” भन्ने भाष्यबाट ‘के गर्न सक्छौं ?’

हामी भेट हुँदा प्रायः सोध्छौंः “के छ खबर ?” उत्तर...

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

नेपाली वाम आन्दोलनमाथि प्रश्न- वर्गीय पक्षधरता कि देखावटी क्रान्तिकारिता ?

सलाम रोल्पामा ऋषिराज बरालले झिंगाको प्रसंग धेरै ठाउँमा उल्लेख गरेका...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...