७ माघ, काठमाडौं । सभामुखमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उमेद्वार अग्निप्रसाद सापकोटालाई सघाएको नेपाली कांग्रेसले उपसभामुखमा भने उमेद्वारी दिने भएको छ । उपसभामुखमा नेकपाको साथ पाउने सम्भावनालाई जिवितै राख्न कांग्रेस सभामुखमा उम्मेदवारी दिएको थिएन ।
त्यसो त उपसभामुखमा राजपाले पनि दाबी गर्ने भएको छ । सभामुखमा अग्नी सापकोटाको समर्थकमा राजपा नेता लक्षमण लाल कर्ण बसेकोले पनि नेकपाले राजपालाई उपसभामुखमा सघाउनुपर्ने बध्यात्मक अवस्था देखिन्छ । मंगलवार बिहान नेकपा अध्यक्ष प्रचण्डले कांग्रेस नेता रामचन्द्र पौडेललाई उपसभामुख कांग्रेसलाई दिन कुनै समस्या नभएको बताएकोले नेकपाको समर्थन राजपालाई हुन्छ या कांग्रेसलाई भन्ने प्रश्न खडा भएको छ ।
प्रचण्डको चाहना, उपसभामुख कांग्रेसलाई
नेकपा अध्यक्ष प्रचण्डले भने उपसभामुखमा कांग्रेसलाई सधाउनुपर्ने सोच बनाएका छन् । मंगलवार पौडेलसँगको भेटमा पनि उनले पार्टीमा कुरा राख्ने आश्वासन दिएका थिए । प्रचण्डबाट उपसभामुखमा सघाउने आश्वासन पाएर नै पौडेलले सभामुखमा उम्मेद्वारी नदिन पार्र्टी सभापति शेरवहादुर देउवालाई कन्भिन्स गराएका थिए ।
के चाहन्छन् ओली ?
प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओली भने उपसभामुखमा राजपालाई सघाउन चाहन्छन् । राष्ट्रिय सभामा पनि राजपासँग सहकार्य भएको र प्रदेश नम्मर २ मा पनि राजपासँँग मिलेर सरकार बनाउने सम्भावना रहेकोले उपसभामुख राजपालाई दिँदा सहज हुने ओलीको बुझाई छ । सभामुखमा नोकझोक परेको अध्यक्षद्धयको उपसभामुखलाई लिएर पनि फरक मत देखिएको छ ।
प्रचण्डले राजपालाई मन्त्रीमण्डल पुर्नगठनको क्रममा फकाउन सकिने भन्दै उपसभामुख कांग्रेसलाई दिँदा सकारात्मक सन्देश जाने सुझाव ओलीलाई दिएका थिए । जवाफमा ओलीले पहिले सभामुख र राष्ट्रियसभा निर्वाचन सम्पन्न गरौं अनी त्यसबिारे सोचौला भन्ने जवाफ दिएको बालुवाटार स्रोतको दाबी छ ।
वि.सं.२०७६ माघ ७ मंगलवार १६:२९ मा प्रकाशित






























