back
CTIZAN AD

जङ्गली जनावरले खाएको शव फेला

वि.सं.२०७३ मंसिर २४ शुक्रवार

1.2K 

shares

 २४ मङ्सिर,बैतडी । जङ्गली जनावरले आक्रमण गरेको अवस्थामा जिल्लाको तल्लोस्वराडमा बिहीबार बेलुका एक पुरुषकोे बेवारिसे शव फेला परेको छ ।

मेलौली–८ मा अन्दाजी २५ वर्षीय पुरुषको शव जङ्गली जनावरले शरीरको आधा भाग खाएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक सुरेन्द्र बमले राससलाई जानकारी दिनुभयो ।

“शरीरको दायाँपट्टिको भाग जङ्गली जनावरले खाएको छ”, उहाँले भन्नुभयो, “हात, कम्मर, टाउको र खुट्टा जङ्गली जनावरले खाएको जस्तो छ ।”

स्थानिय महिला घाँस काट्न गएका बेला भेट्टिएको शव अन्दाजी एक हप्तापहिले मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । यसअघि तल्लोस्वराड क्षेत्रमा चितुवाको आक्रमणमा परी २२ जनाको ज्यान गइसकेको छ । चितुवा मार्न परिचालन गरेको टोली पनि मङ्सिर पहिलो साता फर्किसकेको छ । रासस

वि.सं.२०७३ मंसिर २४ शुक्रवार ०४:२८ मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...