back
CTIZAN AD

धुर्मुस-सुन्तली फाउन्डेशनद्धारा निर्माणधिन रंगशालालाई एनआरएनए कान्साईको तीन लाख सहयोग

वि.सं.२०७६ माघ २१ मंगलवार

1.1K 

shares

२१ माघ, जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए ) जापानको क्षेत्रिय समिति कान्साईले नेपालकै गौरवको परियोजना रहेको गौतमबुद्ध क्रिकेट रङगशाला निर्माणका लागि तीनलाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

उक्त परियोजना निर्माणका लागि आयोजित श्रीमद्भभावगत महापुराण एवं धनधान्याचल महोत्सव २०७६ को अवसरमा नगद रू.३ लाख आर्थिक सहयोग गरेको कुरा क्षेत्रिय समिति कान्साईका संयोजक कृष्ण गैरेले संसारन्युजलाई जानकारी दिएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको क्षेत्रिय समिति कान्साईद्वारा धुर्मुश सुन्तली फाउण्डेशनद्वारा निर्माण गर्न लागिएको ‘गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङगशालाको लागि सहयोग रकम हस्तान्तरण कार्यक्रम’ लेखेको ब्यानर सहित रकम हस्तान्तरण कार्यक्रममा उपसंयोजक हरि कंडेल, सल्लाहकार तथा अभिभावक राजु गैरे,मानार्थ सदस्य दिलीप कंडेल, सामाजसेवि नर नारायण कंडेल, समाजसेवि टिकाराम खरेल, विन्दु कंडेल तथा सिता खरेलको उपस्थिति रहेको थियो ।

यस कार्यक्रमलाई सफल बनाउन समुन्द्र अर्याल र मदन मणि कंडेलले आ–आफ्नो भुमिका खेलेकोमा संयोजक कृष्ण गैरे तथा उपसंयोजक हरि कंडेलले विशेष आभार व्यक्त गरेका थिए । एनआरएनए कान्साईले विभिन्न समयमा विभिन्न ठाउमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि अवस्था हेरि सहयोग गर्ने कुरा स्मरण गराउदै उपसंयोजक तथा हाल कार्यवाहक संयोजक दिलीप शर्माले यसपाली गौतमबुद्ध क्रिकेट रङगशाला निर्माणका लागि सहयोग गर्ने प्रस्ताव अघि सारी कार्यसमिति तथा सल्लाहकार समितिसंग परामर्श गरि निर्णय गरेपछि कोषाध्यक्ष विष्णु सापकोटाले एनआरएनए कान्साईका सचिव सुरेश सापकोटालाई सम्पर्क गरि रकम नेपाल पठाएका थिए ।

यस्ता सहयोगहरूले आफूहरूलाई थप उर्जा प्रदान गर्ने भन्दै धुर्मुश सुन्तली फाउण्डेशनको तर्फदेखि खुशि हुदै एनआरएनए जापान कान्साई परिवारलाई धन्यवाद प्रकट गरेका थिए ।

वि.सं.२०७६ माघ २१ मंगलवार १३:२१ मा प्रकाशित

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...