back
CTIZAN AD

एमसीसी कार्यदलको सदस्यसमेत रहेका परराष्ट्रमन्त्रीले एमसीसीबारे दिएको प्रतिक्रियाले खैलाबैला

वि.सं.२०७६ माघ २१ मंगलवार

1K 

shares

२१ माघ काठमाडौं । एमसीसीसम्बन्धी अध्ययन कार्यदलको सदस्यसमेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली एमसिसीबारे कडा रुपमा प्रस्तुत भएका छन् । एमसीसीविरुद्ध बाहिर आएका कुराहरु अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको उनको भनाई थियो । उनले सरकारले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर यस विषयलाई उठान गरेकोे भन्दै बजारमा अनावश्यक विषयमा बहस गरेर मित्र राष्टहरुसँगको सम्बन्धलाई कसैले पनि तीतो बनाउन नहुने बताए ।

नेपालको राष्ट्रिय हित, जनताको लाभ र देशको विकास जेमा हुन्छ सरकार त्यसैमा अघि बढ्ने भन्दै एमसिसीको विस्तृत रूप (फुलफर्म) थाहा नभएकाहरुले यसका विरुद्धमा बजारमा बहस शुरु गरेको उनको टिप्पणी थियो । उनले चुइगम चपाउँदा रस सकिएर दाँतमा टाँसिने र त्यसको कुनै स्वाद नहुने जस्तै प्रकृतिको बहस एमसिसीका बारेमा अहिले बजारमा चलिरहेको बताए ।

नेकपाले आइतबार मात्र पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्व भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहनेगरी एमसीसी अध्ययन कार्यदल गठन गरेको थियो ।

खनाल नेतृत्वको समितिलाई १० दिनभित्र अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सम्बन्धी पार्टीलाई प्रतिवेदन बुझाउन भनिएको छ ।

एमसीसीको आलोचना गर्दै आएका खनाल र रावल तथा समर्थन गर्दै आएका ज्ञवाली सहभागी कार्यदलले कस्तो सुझाव देला भन्ने जिज्ञासा यतिबेला सर्वत्र रहेको पाइन्छ ।

एमसीसी कार्यदलको पहिलो बैठक सम्पन्न, भयो यस्तो सहमति

वि.सं.२०७६ माघ २१ मंगलवार १३:२२ मा प्रकाशित

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...