back
CTIZAN AD

खानेपानी-मौलिक हकको बिचल्ली

वि.सं.२०७६ माघ २१ मंगलवार

1K 

shares

खानेपानी र सरसफाई सेवा पाउनु नेपाली जनताको मौलिक मानव अधिकार हो भन्ने संविधानले भनेको छ ।

तर, संघीय, प्रदेश र स्थानीय सरकारमात्र हैन, कुनै पनि जनप्रतिनिधि, सांसदहरूले आफ्नो अधिकारक्षेत्रको बजेट वा आफूलाई प्राप्त बिकास रकम यस क्षेत्रमा लगाउदैनन् । केन्द्रीय सरकार वा खानेपानी मन्त्रालयमा खानेपानी र ढलका योजना चाहियो भन्दै सयकडौं योजना वर्षेनी मागगर्न र दबाब दिन भने छाड्दैनन् ।

स्थानीय सरकार र सांसदलाई प्राप्त हुने अर्बौं रकम वा श्रोत खर्चगर्ने बेलामा खानेपानीलाई प्राथमिकता दिदैनन् । तिनले सबै रकम जति बजेट दिए पनि कहिल्यै नपुग्ने सडक खन्न, चौडा गर्न, पक्की सडक बनाउनमैं खोलो बगाउदै सक्छन् ।

यस्तो बिकासे मानसिकताबाट संविधानमा उल्लेखित मौलिक अधिकार सुनिश्चित कसरी हुन संभव हुन्छ र ?

स्वच्छ र पर्याप्त खानेपानी खान नपाउने मान्छेको दिमाग पनि स्वच्छ, शरीर स्वस्थ र ब्यवहार सुल्झिएको हुन सक्दैन, यो मनन गर्नैपर्छ । बिकास भनेकै मानवीय बिकास हो, मान्छेको क्षमताको बिकास हो । पानी जाबो शुद्ध र पर्याप्त खान खुवाउन नसके अरू गफ नगर्दा हुन्छ ।

म खानेपानी मन्त्रालयको नेतृत्वमा ३ वर्षअघि रहदा तत्कालिन अर्थमन्त्री उपप्रधान मन्त्री कृष्णबहादुर महराजीसंग भेटेर नेपालमा अब १३ प्रतिशत जनताले मात्र आधारभूत खानपानीको पहुँच पाउन बाँकी छ । तिनलाई पानीको पहुँच दिन मेरो मन्त्रालयलाई दुई वर्षका लागि कूल रू २० अर्ब बजेट थपिदिनुस्, म सबै नेपालीलाई पानी खुवाउनेछु भनेर कन्भिन्स गरेको थिएँ । मेरो कुरा सुनेर अर्थमन्त्रीले पनि ‘ए हो र ? त्यति बजेट थपिदिदा सबैले खानेपानी पाउँछन् त ?’ भन्दै खुशी हुदै ‘ल म थप बजेट राख्न लगाउछु’ भनेका थिए । तर बजेट थप राख्नु त के, भएका योजनाहरू नै पूरा गर्नका लागि पनि बजेट थपिएन ।

पानीमा धनी देशका जनता स्वच्छ र पर्याप्त मात्रै हैन आधारभूत न्युनतम पानी खान नपाएर प्याकप्याक पर्नु लाजमर्दो हो, लाज महसुस गर्नेका लागि । लाजै पचेपछि उपाय नास्ति !

उपाध्याय नेपाल सरकारका पूर्व सचिव हुन्

बिकासको अवरोधक अर्थ मन्त्रालय

वि.सं.२०७६ माघ २१ मंगलवार १३:०३ मा प्रकाशित

वाम आन्दोलनको पुनर्जागरणका लागि ३४ आधारहरु

वाम आन्दोलनको पुनर्जागरणका लागि ३४ आधारहरु

अहिले नेपाली कम्युनिस्ट पार्टी र एमाले विच प्रदेश स्तरमा सहकार्य...

मनोगत लक्षण विश्लेषण र सर्वसाधारण जनताका चुनौती

मनोगत लक्षण विश्लेषण र सर्वसाधारण जनताका चुनौती

मनोवैज्ञानिक र सामाजिक विशेषताका आधारमा मानिसहरूको वर्गीकरण गर्ने तरिका नै...

सुशासन, असल शासनको अभ्यास

सुशासन, असल शासनको अभ्यास

काठमाडौँ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ ले मुलुकको...

जिर्ण कोशीब्यारेज बगाउने खतराः जनजिविकामा गम्भीर चुनौती

जिर्ण कोशीब्यारेज बगाउने खतराः जनजिविकामा गम्भीर चुनौती

कोशी ब्यारेजको निर्माण भएको बेला जति स्थानीय नेपाली जनता र...

संज्ञानात्मक द्वन्द्व र नेपालको राजनीति: मनोविज्ञान, विचार र व्यवहार

संज्ञानात्मक द्वन्द्व र नेपालको राजनीति: मनोविज्ञान, विचार र व्यवहार

कुनै पनि व्यक्तिमा आफ्ना विश्वास (beliefs), मूल्य (values), दृष्टिकोण (attitudes)...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...