back
CTIZAN AD

‘साना कृषि मोडेल फर्म स्थापना’ का लागि ३९ फर्म छनोट

वि.सं.२०७६ माघ २४ शुक्रवार

774 

shares

२४ माघ, लमजुङ । कृषि ज्ञान केन्द्र लमजुङले ‘साना कृषि मोडेल फर्म स्थापना’ सहयोग कार्यक्रमअन्तर्गत अनुदानका लागि ३९ वटा फर्म छनोट गरेको छ ।

लमजुङबाट ११० र मनाङबाट एक गरी कूल १११ वटा आवेदन परेकोमा तीमध्ये मनाङको एकसहित ३९ फर्म छनोट गरिएको कृषि ज्ञान केन्द्र लमजुङका कार्यालय प्रमुख रोहणीराज घिमिरेले बताए ।

छनोट मूल्याङ्कन समितिले किसानको घरदैलोमै पुगेर स्थलगत अध्ययन र अनुगमन गरेपछि प्रस्तुत गरेको प्रतिवेदनका आधारमा ती फर्म छनोट गरिएको उनले बताए । केन्द्रले अनुदानका लागि गएको साउन २० गते ३५ दिने सूचना प्रकाशित गरेको थियो ।

लमजुङको आठ स्थानीय तहमध्ये सुन्दरबजार नगरपालिकाका ७, राइनास नगरपालिकाका ६, मध्यनेपाल नगरपालिकाका ६, दूधपोखरी गाउँपालिका ३, दोर्दी गाउँपालिका २, क्ब्होलासोथर गाउँपालिका ३ र मस्र्याङ्दी गाउँपालिकाका ४ गरी ३८ तथा मनाङको नासो गाउँपालिकाका एक गरी कूल ३९ फर्म छनोट भएको केन्द्रले जनाएको छ ।

मनाङमा तुलनात्मक रुपमा कृषि सहकारीका साथै सक्रिय कृषक समूहको कमी, फर्म दर्ता गरी कृृषि कर्म गर्ने किसानको सङ्ख्या कम भएको र आवेदन एउटा आएकोमा एउटा छनोट गरिएको कृषि ज्ञान केन्द्र, लमजुङका कृषि अर्थविज्ञ मदन रेग्मीले बताए । उनले भने, “प्रत्येक स्थानीय तहमा एक एक वटा फर्म अनिवार्य छनोट हुनुपर्ने भए पनि ५० प्रतिशतभन्दा बढी राम्रो भएको हुनुपर्छ ।”

‘साना कृृषि मोडेल फर्म स्थापना’का लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशबाट चालु आर्थिक वर्षमा यस केन्द्रलाई रु एक करोड आएको केन्द्रले जनाएको छ । ती छनोट भएका फर्मले कम्तीमा रु दुई लाख ५० हजारदेखि तीन लाखसम्म सहयोग प्राप्त गर्ने छन् । केन्द्रमा गएको वर्ष लमजुङबाट २० वटा आवेदन दर्ता भएका थिए । तीमध्ये तीनले सम्झौता नै गर्न नआएको हुँदा १७ ले अनुदान पाएका थियो ।

‘साना कृृषि मोडेल फर्म स्थापना’का लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशबाट गएको वर्ष केन्द्रलाई रु ७० लाख प्राप्त भएको थियो । ‘साना कृषि मोडेल फर्म स्थापना’ कार्यक्रमअन्तर्गत गएको वर्ष रु दुई लाख ५० हजारदेखि चार लाख २० हजारसम्म कृषि सहकारी, कृषक समूह तथा निजी कृषि कम्पनीले अनुदान पाएका थिए । ‘मौरीपालन, अलैँचीखेती, तरकारी खेती, माछापालन र केराखेतीका क्षेत्रमा सहयोग गरिएको थियो । रासस

वि.सं.२०७६ माघ २४ शुक्रवार १४:४० मा प्रकाशित

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

सडक स्तरोन्नतिपछि २० मिनेटको बाटो ५ मिनेटमै छोटियो

म्याग्दी । बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण...

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

तनहुँका धानबालीमा मरुवा रोग, स्थलगत प्राविधिक अनुगमन सुरु

दमौली (तनहुँ) । कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा...

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

गण्डकी । कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी...