back
CTIZAN AD

कविता : व्यथा अच्चानोको

वि.सं.२०७६ माघ २५ शनिवार

699 

shares

चोट बहुत पाउँदा भन्थे
खुकुरीको चोट अच्चानोलाई के थाहा ?
भाव त विरह कै हो
व्यथा त अच्चानो कै हो
तर खै !
के गर्न सक्यो र अच्चानोले
चोईटिनु सिवाय, खिईनु सिवाय
हान्नेले हानिरह्यो ।

खुकुरीले मात्र हैन
बाम्फोकले हान्यो, खुर्पाले हान्यो
ठूलाले त हान्यो, हान्यो
हुँदाहुँदा कर्दले हान्यो
खुर्मीले हान्यो
देन त कति थियो नि
बिचरा अच्चानोको ।

हाड टुक्रायो मासु टुक्रायो
पौष्टिक दिलायो
अनेक रस पिलायो
कसैले बुझेन कि ?
व्यथा अच्चानोको
बिर्सन त बिर्सदैंन अच्चानोले
सयौं धारिला चोटहरुको व्यथा
टुक्रिएका आफ्ना जीवनकथा ।

तर गर्न के सक्छ र ?
टुक्रिरहन्छ चोईटिरहन्छ
खिईन्छ पोलिन्छ
अस्तित्व खरानी हुन्छ
सखुवा,चिलाउने भए
खप्थ्यो अलि धेरै समय ।

निर्जीव अच्चानो
धेरै चोट खाएको देख्दा
कहावत बन्यो सजीव व्यवहारहरुमा
आत्मा अनि अच्चानो
समानार्थी ठानी
बने कैयौं सिद्धान्त
तर कसैले बुझेनन् कि ?
व्यथा अच्चानोको ।

खुकुरीको धार दोब्राईदिने गरि
अच्चानो बन्नुपर्छ
अच्चानो त फलामकै हुनुपर्छ
न चोट न घातले टुक्राउन सक्छ
अच्चानो म,
प्यारले चोईट्यायो,व्यवहारले हुँडल्यो
आफ्नाले बजार्यो, नाताले पछार्यो
सबको अच्चानो,
हानिरहे, अच्चानिरहें ।

चोईटिएका कथा लेख्दै
टुक्रिएका व्यथा पोख्दै
हिडें, झनै अच्चानिएँ
उप्रान्त कुनै पल
चोईटिन्न,खिईन्न,टुक्रिन्न
अब हान्दा कोमल ठानी
पत्थर बनिसक्छु,फलाम भईसक्छु
चोईटिन्न भावी प्रहारहरुमा
किनकी भुलिसकेको हुनेछु
व्यथा अच्चानोको ।

सूर्योदय न.पा. ७ गोगने

वि.सं.२०७६ माघ २५ शनिवार ०९:५६ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...