back
CTIZAN AD

कविता : यसरी देश बन्छ त !

वि.सं.२०७६ माघ २५ शनिवार

1.1K 

shares

नेपाली हामी काम,
जात र स्थानलाइ हेला गर्छौ
पढेको छु भन्दै सानो काम गर्न
लाज मान्छौ
आफ्नो ठाउमा गर्दैनौ
अर्काको ठाउ र देशमा
त्यही सानो काम गरेर ठाटले बस्छौ

अमेरिकाबाट अनुदान र सहयोग आए
अमेरिकी सेना आउछ भन्ने
आरोप र भ्रम छर्छौ
भारतबाट अनुदान र सहयोग आए
विस्तारवादीले नेपाल
खान लाग्यो भन्छौ
चीनबाट अनुदान र सहयोग आए
नेपालमा एकतन्त्रिय कम्युनिष्ट
व्यवस्थाको आधार बन्छ भन्छौ

राजाहरू
पंचहरू
काग्रेसहरू
कम्युनिष्टहरू
राजपा र जातिवादीहरू
कमिशन खाने र भष्ट्रचार गर्नेहरू
अरब, मलेशिया, जापान
कोरिया, अष्ट्रेलिया, अमेरिका
ब्रिटेन, युरोप र इराकÞतिर पुग्ने
रहने सबै हामी नेपालीहरू
यस्तै बहकाउमा देखिए कै छौ
गाउँ छाडेर सदरमुकाम
ठूला शहर र राजधानीमा बस्ने हामी
यस्तै चिया गफमा रमेका नै छौ
सामाजिक संन्जालमा जुटेका नै छौ
देश छाडेर विदेश पुग्ने हामी
दिन रात भ्रम र आरोप लगाउदै
राजनीति र भाडनीति गरिरहेकै छौ

आफु र उमेर पुगेकाहरू
ठुलो काम र ठुलो दाम
खोजेर बेरोजगार बन्छौ

बाबु आमाले कसरी घर
चलाएका छन्
कसरी परिवार पालेका छन
हामी पढुवा भन्नेहरू
आफ्नो घर अगाडी बाटो बनिरहँदा
काम गर्ने मजदुर
छिमेकी देशको देख्छौ
तर तीनले यही मजदुरीबाट
आफ्नो जीवन र परिवार पालेको देख्दैनौ
आफ्नो टोल र गाउँमा
तरकारी र कपडा बेचिरहेका
बिदेशीलाइ देख्छौ
मैले पनि यो काम गर्नु पर्छ अब
भन्ने सोच्दैनौ
राज्य र भाग्यलाइ
अझै गाली गर्छौ
तर सहभागी हुन खोज्दैनौ
बरू हामी जमिन बेचेर
जÞमीन खाली राखेर
बुढा बाबु आमा र केटाकेटी
मात्र गाउँ, टोल र देशमा राखेर
युरोप र अमेरिका जान खोज्छौ
शहर र सदरमुकाम बस्छौ
अनि देश बनेन
परिवारले सुख पाएन भनेर
आक्रोश पोख्छौ

नेपाली चीन जान्छन
अमेरिका र भारतलाइ गाली गर्छन्
नेपाली भारत जान्छन्
चीन र रूसलाइ गाली गर्छन्
नेपाली युरोप र अमेरिका जान्छन्
चीन र भारतलाइ गाली गर्छन्

मुल समस्या नेता र व्यवस्था फेरिएर
परिवर्तन नहुने रहेछ
जमिन र पाखुरी खाली राख्ने
नेपाली मानसिकता र सामजिकता
समस्या रहेछ
देश बनेन भनेर गाली गर्ने
जमिन र पाखुरी खाली राख्ने
नेपाली राज्य र नागरिक
दोषी रहेछ
हिजो भाग्यले साथ दिएन भन्थ्यौ
आज राज्य आफ्नै हातमा हुँदा पनि
आफू केहि नगरी गाली मात्रै गर्छौ
आफूले पनि केही नगरी
गाली र आरोप लगाइ बस्छौ

गाउँ छाडेर शहरमा महँगो भाडा तिरेर
खाना खाएर बच्चा पढाएर बसेकै छौ
देश छोडेर विदेशमा गएर साना काम गरेर
ठुला रकम नेपाल पठाए कै छौ

खै कसरी गरिब भन्ने
नेपालीलाइ
मानसिकता गरिब हो कि
खै देश कसरी गरिब भन्ने
राजनीति भष्ट्र भो कि
श्रम नगर्ने राज्य र भाग्य भन्ने
व्यवहार र मानसिकता गरिब हो कि
आफ्नोले जे गरे पनि ढाकछोप र
समर्थन गर्ने
अर्कोलाइ उल्टै आरोप लगाउने
हामी गरिब हौ कि
अर्कोले राम्रो गर्दा पनि
नकरात्मक मात्र कुरा गर्ने
नकरात्मक बिषय मात्र छाप्ने
हामी सबै गरिब हौ कि

अब त यस्तो चाहना र मानसिकता
बनि सके छ कि
नराम्रो मात्र देख्न चाहने
नराम्रो मात्र बोल्न चाहने
समाज र मानव
सबैतिर बनिसके जस्तो छ

ओ हो यो कति दर्दनाक स्थिती
दुख, गाली, आरोप र भ्रम मै जीउने
हामी सबै नेपालीको आ–आफ्नै
क्रुर जमात बनि सके छ
अनि उल्टो हिडेर
अनि उल्टो सोचेर
देश बन्छ त

वि.सं.२०७६ माघ २५ शनिवार १०:०६ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...