back
CTIZAN AD

प्रवासी नेपाली एकता मञ्च अष्ट्रियाको अध्यक्षमा खतिवडा र सचिवमा भट्टराई, यस्तो छ कार्यसमिति

वि.सं.२०७६ फागुन १ बिहीवार

759 

shares

१ फागुन, अष्ट्रिया। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अष्ट्रियास्थित प्रवासी नेपाली एकता मञ्चको टुंगो लगाएको छ ।
नेकपा प्रवास समन्वय कमिटीको हालै सम्पन्न बैठकले अष्ट्रियामा क्रियाशील दुई संगठन प्रवासी नेपाली मन्च र नेपाली जनप्रगतिशील मन्चको एकता गरी प्रबासी नेपाली एकता मञ्च अष्ट्रिया गठन गर्ने निर्णय गरेको हो ।

जसको अध्यक्षमा धर्मराज खतिवडा र सचिवमा रविचन्द्र भट्टराई रहेका छन् भने सदस्यहरुमा झविन्द्र अर्याल, सूर्य लामिछाने, गणेश आचार्य, विष्णु नेपाल, रोशन तामांग, लिली बज्राचार्य तामांग, दिनेश बर्दैवा, लोकराज श्रेष्ठ, बिपिन खनाल, सावित्री कार्की, आकाश घिमिरे, किरण श्रेष्ठ, विनय पोखरेल, कृष्ण भट्ट, याम नारायण मानन्धर, किरण गुरुंग, मनोज पौडेल, दुर्गा गौतम र इन्द्रसेन राई रहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रबास समन्वय कमिटीको बैठक कमिटीका अध्यक्ष युवराज चौंलागाईंको अध्यक्षता र पार्टी महासचिव विष्णु पौडेलको बिशेष उपस्थितिमा सम्पन्न बैठकले सो निर्णय गरेको जनाइएको छ ।

यसअघि प्रवास समन्वय कमिटीका सह-ईन्चार्ज लक्ष्मण पन्तलाइ (दक्षिण पूर्वी तथा पूर्वी एशिया), अध्यक्ष युवराज चौलागाइलाई ( ओसिनिया) सचिव श्रीप्रसाद साह (पश्चिम एशिया) र सदस्य तिलबहादुर वि.क लाइ (दक्षिण एशिया) को जिम्मेवारी तोकेको थियो । युरोप र अमेरीका भने समन्वय कमिटीका इन्चार्जलाइ जिम्मा दिइने बताइएको छ ।

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

वि.सं.२०७६ फागुन १ बिहीवार १७:३४ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...