back
CTIZAN AD

प्रवासी नेपाली एकता मञ्च इटालीको अध्यक्षमा पाण्डेय र सचिवमा काराखेती, यस्तो छ कार्यसमिति

वि.सं.२०७६ फागुन १ बिहीवार

723 

shares

१ फागुन, ईटाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले इटालीस्थित प्रवासी नेपाली एकता मञ्चको टुंगो लगाएको छ ।

नेकपा प्रवास समन्वय कमिटीको हालै सम्पन्न बैठकले ईटालीमा क्रियाशील दुई संगठन प्रवासी नेपाली मन्च र नेपाली जनप्रगतिशील मन्चको एकता गरी प्रबासी नेपाली एकता मञ्च ईटाली गठन गर्ने निर्णय गरेको हो ।

जसको अध्यक्षमा धर्मराज पाण्डेय र सचिवमा हरीभक्त काराखेती चयन भएका छन् भने सदस्यहरुमा उमेश गौतम, राम कुमार घिसिंग, देवराज गुरुंग, सुदीप अधिकारी, किरण मगर, रञ्जित मगर, कृष्ण भण्डारी, गणेश क्षेत्री, बलराम शर्मा, समीर थापा, संजय देव श्रेष्ठ, कविता श्रेष्ठ, भक्तराज आचार्य, शुकराज गुरुंग र हरी प्रकाश थापा रहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रबास समन्वय कमिटीको बैठक कमिटीका अध्यक्ष युवराज चौंलागाईंको अध्यक्षता र पार्टी महासचिव विष्णु पौडेलको बिशेष उपस्थितिमा सम्पन्न बैठकले सो निर्णय गरेको जनाइएको छ ।

यसअघि प्रवास समन्वय कमिटीका सह-ईन्चार्ज लक्ष्मण पन्तलाइ (दक्षिण पूर्वी तथा पूर्वी एशिया), अध्यक्ष युवराज चौलागाइलाई ( ओसिनिया) सचिव श्रीप्रसाद साह (पश्चिम एशिया) र सदस्य तिलबहादुर वि.क लाइ (दक्षिण एशिया) को जिम्मेवारी तोकेको थियो । युरोप र अमेरीका भने समन्वय कमिटीका इन्चार्जलाइ जिम्मा दिइने बताइएको छ ।

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

वि.सं.२०७६ फागुन १ बिहीवार १७:५५ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...