१ फागुन, चेक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चेक रिपब्लिकास्थित प्रवासी नेपाली एकता मञ्चको टुंगो लगाएको छ ।
नेकपा प्रवास समन्वय कमिटीको हालै सम्पन्न बैठकले चेकमा क्रियाशील दुई संगठन प्रवासी नेपाली मन्च र नेपाली जनप्रगतिशील मन्चको एकता गरी प्रबासी नेपाली एकता मञ्च चेक रिपब्लिक गठन गर्ने निर्णय गरेको हो ।
जसको अध्यक्षमा उत्तम आचार्य र सचिवमा यदुराम पन्थी रहेका छन् भने सदस्यहरुमा शिवलाल खराल, संजय अधिकारी, अर्जुन रायमाझी, छत्र बहादुर अधिकारी, अचित केसी, कमला रायमाझी, कर्णा रायमाझी, छविलाल कंडेल, विष्णु थापा, ग्रिस कंडेल, सरुणा बज्राचार्य, चन्द्र अधिकारी र सुरज घिमिरे रहेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रबास समन्वय कमिटीको बैठक कमिटीका अध्यक्ष युवराज चौंलागाईंको अध्यक्षता र पार्टी महासचिव विष्णु पौडेलको बिशेष उपस्थितिमा सम्पन्न बैठकले सो निर्णय गरेको जनाइएको छ ।
यसअघि प्रवास समन्वय कमिटीका सह-ईन्चार्ज लक्ष्मण पन्तलाइ (दक्षिण पूर्वी तथा पूर्वी एशिया), अध्यक्ष युवराज चौलागाइलाई ( ओसिनिया) सचिव श्रीप्रसाद साह (पश्चिम एशिया) र सदस्य तिलबहादुर वि.क लाइ (दक्षिण एशिया) को जिम्मेवारी तोकेको थियो । युरोप र अमेरीका भने समन्वय कमिटीका इन्चार्जलाइ जिम्मा दिइने बताइएको छ ।
नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?
वि.सं.२०७६ फागुन १ बिहीवार १८:१० मा प्रकाशित



























