back
CTIZAN AD

नेपाली साझा मन्चले गरायो कुवेतमा पुरिएर मृत्यु भएका नेपाली कामदारका बारेमा सम्बन्धीत निकायको ध्यानाकर्षण

वि.सं.२०७६ फागुन ३ शनिवार

780 

shares

३ फागुन, काठमाण्डौं । कुवेतको एक कन्ट्रक्सन कम्पनीमा कार्यरत  ६ नेपालीको जमिन खन्ने क्रममा  माघ २९ गते बालुवाको ढिस्कोले पुरिएर मृत्यु  भएकोप्रति   नेपाली साझा मन्चले नेपाल सरकार तथा अन्तराष्ट्रिय निकायको ध्यानाकर्षण गराएको छ ।

मन्चका संयोजक महेश  श्रेष्ठद्धारा जारी गरिएको    प्रेस विज्ञप्तिमा मृत्यु भएका ६ जना र घाईते  २ जनाको उपचार मृतकका परिवारलाई  उचित क्षतिपूर्ति ता  घटनाका बारेमा अन्तराष्ट्रियतहबाट छानविन गर्न अनुरोध गर्दै   नेपाल सरकार तथा अन्तराष्ट्रिय श्रम संगठनको ध्यानाकर्षण गराइएको हो ।  ।

‘यस घटनाको अन्तर्राष्ट्रियतहबाट छानबिन गर्न, दोषी पक्षहरुलाई कार्वाही गर्न र यस घटनामा परेर मृत्यु र घाइते भएकाहरुको परिवारलाई उचित क्षतिपूर्ति दिलाउन साथै घाइतेहरुको पूर्णरुपमा स्वास्थ्य उपचार गराउन अन्तर्राष्ट्रिय समुदाय र अन्तर्राष्ट्रिय श्रमिक संगठन International Labour Organization संग हामी अपिल गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

प्रेस विज्ञप्ती

कुवेतको Al Mutlaa City Project मा Universal Leaders Trading & General Contracting Co. WLL मार्फत कार्यरत रहेका नेपालीहरु मध्ये ६ जनाको मृत्यु र २ जना घाइते हुने गरी फेब्रुअरी १२, २०२० (२०७६ माघ २९ गते) भएको अप्रिय दुर्घटना कामदारहरुलाई निर्जिव यन्त्र सरह प्रयोग गरिएको र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड अवलम्बन नगरी काममा लगाइएका कारण उक्त दुखद घटना भएको देखिन्छ । वैदेशिक रोजगारमा रहेका कामदारहरुलाई उनीहरुको दक्षता र क्षमता नभएका काममा जबर्जस्ती र प्रलोभनमा पारेरमा काममा लगाइदै आएको कारण यस्ता घटनाहरु पटकपटक भई रहेका छन् । यस्ता घटनाप्रति नेपाल सरकार र श्रमिकहरुका हकहीतका लागि भनेर खोलिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र संगठनहरुको निरन्तरको वेवास्ताका कारण खाडी मुलुक गरिब राष्ट्रका श्रमिकहरुका लागि यमलोक जानु सरह हुँदै आएको छ । अन्तर्राष्ट्रीय सुरक्षा मापदण्ड अवलम्बन नगरी जबर्जस्ती श्रमिकहरुलाई खानीको उत्खनन्, जमिनमुनिको काम, पेट्रोलियम पदार्थको प्रशोधन लगायतका क्षेत्रका काममा लगाउँदा उनीहरुको मृत्यु र अंगभंग हुने घटनाहरु भइरहेका छन् ।

त्यस्ता घटनाहरुको हालसम्म कुनै लेखाजोखा छैन । त्यस्ता घटनामा परेका नेपालीहरु अझै नेपालमा अभिशप्त जीवन बाँचिरहेका छन् । फेब्रुअरी १२, २०२० मा भएको उक्त घटना, जमिनमुनिको काममा अदक्षकामदारहरुलाई पर्याप्त सुरक्षाको व्यवस्था नगरी काममा लगाउँदा भएको हाम्रो ठहर छ । यस घटनाको अन्तर्राष्ट्रियतहबाट छानबिन गर्न, दोषी पक्षहरुलाई कार्वाही गर्न र यस घटनामा परेर मृत्यु र घाइते भएकाहरुको परिवारलाई उचित क्षतिपूर्ति दिलाउन साथै घाइतेहरुको पूर्णरुपमा स्वास्थ्य उपचार गराउन अन्तर्राष्ट्रिय समुदाय र अन्तर्राष्ट्रिय श्रमिक संगठन International Labour Organization संग हामी अपिल गर्दछौं । हामी मृतकहरुको आत्माको चिरशान्ति र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै हाम्रो अपिललाई अन्तर्राष्ट्रिय समुदाय समक्ष पुर्याउन सम्पूर्ण श्रमिक तथा न्यायप्रेमी जनसमुदायबाट ऐक्यबद्धता जनाउन अनुरोध समेत गर्दछौं ।

महेश श्रेष्ठ संयोजक नेपाली साझा मंच अन्तर्राष्ट्रिय समन्वय समिति

वि.सं.२०७६ फागुन ३ शनिवार ०९:०४ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...