back
CTIZAN AD

गाँजाबाट दस वर्षमा पाँच दोब्बर जिडीपी बढाउन सकिन्छ

वि.सं.२०७६ फागुन ३ शनिवार

1.2K 

shares

अहिलेको विश्व अर्थतन्त्रमा गाँजाको बिरोध गर्नेहरू अनाडी र गाँजा बारेमा यसको ग पनि जानकारी नभएका हुन् । विगत ५० वर्ष देखि गाँजाको विरोधमा दिमाग वाश गरिएको हुनाले हामी गाँजालाई नशाको रूपमा मात्र हेर्ने बनेर त्यसको बिरोधी बनाईएको हो ।

ज-जसले हामीलाई अबैध गर्न दबाब र हौसला दिए ती मुलुकहरूमा अहिले गाँजा वैध छ र कतिपयमा फ्रि पनि छ, ती विश्वमा सबै भन्दा बढी गाँजाको उत्पादन गर्ने र निर्यात गर्ने मुलुक बनेका छन् । गाँजाको तेल सबैभन्दा बढी निर्यात गर्ने(विश्व बजारको ८७ प्रतिशत) १५ मुलुकमा चीन, अमेरिका, भारत, जर्मनी, स्पेन, नेदरल्याण्ड, स्विट्जरल्याण्ड, ईटाली, कोरिया, म्याक्सिको, भियतनाम, आयरल्याण्ड, बेल्जियम, क्यानाडा आदि रहेका छन् । अहिले गाँजाको विश्व मार्केट रू २० खर्बको छ र २०२५ सम्ममा रू ८० खर्ब पुग्दैछ ।

गाँजाको ५० हजार उपयोग छन् । गाँजाको महान उपयोगिता जुनजुन देशहरूले विश्वलाई सिकायो तिनै देशमा गाँजा प्रतिवन्ध गरेर उल्लु बनाईयो वा बन्न पुगियो ! अरूलाई अवैध गर्न लगाएर आफ्नो देशमा वैध बनाएर बर्षेनी खर्बौं कमाउदै गरिरहे । ‘गाँठ भी गवाना उल्लू भी बनना’ भनेको यही हो ।

अब जागौं गरिब किसान र गाउँलाई ५ वर्षमा धनि बनाऔं । खर्बौंका लगानी मुलुक भित्रिने छ र नेपाल विश्वको नं १ गाँजाको उत्पादन निर्यातक मुलुक बनेर ५,१० वर्षभित्रैमा ५ दोब्बर जिडीपी बढाउन सकिन्छ ।

गाँजाको उत्पादन न उपभोग खुला गर्ने भनेको हैन, वैध गर्ने हो । वैध गर्ने भनेको नीति, कानुन, नियमन, उत्पादन, प्रोसेसिंग र वितरण र निर्यातको लाईसेन्सिंग गर्ने हो । आलू, धान गहुँ जसरी जसले पनि जहाँ मनलागी खुला खेति गर्ने वा सावास्थ्यलाई एकदम हानीकारक प्रमाणित रक्सी, चुरोट, पानपराग, गुट्का, सुर्ति जस्तो खुला बेच्ने वा खाने भनेकै हैन । सबै कुरा कानुन बमोजिम गर्ने भनेको हो । सबै प्रकृया र ब्यवस्थापन बितरण कानुनको पूर्ण पालना गरेर गर्ने हो । जसले कानुन उल्लंघन गर्छ उ कसुरदार ठहरिन्छ र कानुन बमोजिम दण्य सजायको भागिदार हुन्छ ।

गाँजा प्रतिवन्धित छ तर नेपालमा नपाईने कहीं छैन । गाँजा अवैध भएकाले पुलिस प्रशासन नेता र ब्यापारीले तस्करी गरेर वर्षेनी करोडौं कमाएका छन् । एकपटक वारा पर्सामा सरूवा पाएमा वर्ष्दिनमैं लाखो कमाईन्छ भनेर पुलिस वा प्रशासक सोर्स लगाएर त्यता जान मरिहत्य गर्छन् । अवैध कमाईले राजनीतिक लगानीगर्ने वा आतंकवादलाई मलजल पनि गरिरहेको हो।एकै वर्षमा करोडपति बन्ने माध्यम पनि कतिपय जिल्लामा यही अवैध गाँजाको ब्यापार बनेको छ ।
अचम्म के छ भने जहाँ जहाँ गाँजा फालाफाल फल्छ त्यहाँ कोही मान्छे पनि गाँजा खाएर मात्तिएको बिग्रेको पाईदैन, गाँजा खादा पनि खाँदैनन् विरामी भएको बेलामा औषधिका लागि बाहेक । के बजारमा रक्सी, चुरोट, सुर्ति, गुट्खा, सुपारी, तमाखू खुलमखुल्ला पाइने हुदैमा सबैले बहुलाएर खाईरहेका छन् र ?

खाने लत परेकाले लुकीलुकी अवैध भए पनि नखाने हुदैन । लत परेपछि जे पनि उस्तै हो, गाँजाको के कुरा । गाँजा अवैध बनाएर कसैलाई फाईदा भएको होला तर गरिब किसान र मुलुकलाई वर्षेनि खर्बौं नोक्सान परिरहेको पचासौं वर्ष भईसक्यो । आम्दानी र रोजगारी नभएर गाउँको आवादी उजाड भईसक्यो, बसाईसराई चर्को भईसक्यो । फलस्वरूप सहर झन प्रदूषित र थाम्न नसक्ने भईसक्यो । गाँजाको खेति, प्रोडक्ट, उत्पादन, निर्यात र ब्यापारले गाउँहरू १,२ वर्षमै चम्कने छन्, श्रमजीबी परदेशिएका युवाहरू गाउँ फर्कने छन्, गाउँ हरियाली हुनेछ । नेपालको बिकासको आधार र मेरूदण्ड र केन्द्र यथार्थमा गाउँहरू बन्ने छन् । गाउँफर्क अभियान स्वतस्स्फुर्त सक्रिय हुनेछ ।

उपाध्याय, नेपाल सरकारका पूर्वसचिव हुन्

 

वि.सं.२०७६ फागुन ३ शनिवार ०८:५९ मा प्रकाशित

सामाजिक सञ्जालको मनोविज्ञान : उपलब्धिभन्दा असन्तोष किन बढी ?

सामाजिक सञ्जालको मनोविज्ञान : उपलब्धिभन्दा असन्तोष किन बढी ?

नेपालमा सामाजिक सञ्जाल केवल सूचना आदानप्रदानको माध्यम मात्र रहेन, यो...

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

साना सहर विकासका अवसर र चुनौतीः सन्दर्भ खुर्कोट

१. पृष्ठभूमि नेपालको सन्दर्भमा ‘साना सहर विकास योजना’ भन्नाले गाउँ...

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

‘नेपाल वेलनेस वर्ष’ : सांस्कृतिक कूटनीतिको नयाँ अध्याय

काठमाडौँ । विश्व आज अभूतपूर्व प्रविधिगत परिवर्तनको युगबाट गुज्रिरहेको छ...

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

आ.ब. २०८३/२०८४ को सार्वजनिक बजेटको अवसर र चुनौतीहरु

१. अवधारणा अर्थराजनीतिक दृष्टिकोणबाट देशको वार्षिक बजेट भनेको केवल आय–व्ययको...

नेपाली अर्थतन्त्रको विरोधाभाष

नेपाली अर्थतन्त्रको विरोधाभाष

१.अवधारणा नेपाली अर्थतन्त्रको विरोधाभाष ९क्ष्चयलथ०वा विडम्बना भनेको स्रोत, साधन र...

स्मृतिदेखि सामाजिक अभियानसम्म : शहीद कुसुम स्मृति प्रतिष्ठान

स्मृतिदेखि सामाजिक अभियानसम्म : शहीद कुसुम स्मृति प्रतिष्ठान

हरियाली डाँडाकाँडा, वनजंगल, खोलानाला र ग्रामिण दृश्यले भरिपूर्ण पहाडी क्षेत्र...