back

वेपत्ता आयोगले भैरवनाथ गणको पनि छानविन गर्ने

वि.सं.२०७६ फागुन ६ मंगलवार

1K 

shares

६ फागुन, काठमाडौं । वेपत्ता तथा छानविन आयोगका अध्यक्ष युवराज सुवेदीले भैरवनाथ गणको पनि छानविन गर्ने बताएका छन् । बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सुवेदीले भने, ‘उजुरीका आधारमा भैरवनाथ गण,चिसापानी ब्यारेक र खारा घटनाको पनि अनुसन्धान गर्नेछौं ।’ उक्त स्थानहरुमा उत्खनन गरेर देखाउन पनि आयोग तयार रहेको उनले बताए ।

आयोगले द्वन्द्वकालीन घटनाका उजुरीहरुको प्रारम्भिक अनुसन्धान तत्का शुरु हुने सुवेदीले बताए । आयोगमा २५ सय ६ उजुरी छन्, जसमध्ये ६५ जिल्लाका उजुरीहरुको प्रारम्भिक अनुसन्धान भइसकेको छ । अहिले आयोगमा नयाँ पदाधिकारी आएसँगै अनुसन्धान अधिकृत तोकेर बाँकी ११ जिल्लाका उजुरीहरुको अनुसन्धान थाल्न लागिएको हो ।

आयोगका अनुसार सुरुमा ३१ सय उजुरी परेका थिए । प्रारम्भिक अनुसन्धानपछि आयोगमा परेका उजुरीहरु कति द्वन्द्वकालका हुन् कति होइनन् भन्ने खुलाईने छ ।

तर, प्रारम्भिक अनुसन्धानका क्रममा कतिपय सशस्त्र द्वन्द्वका क्रममा वेपत्ता भएको नभई भारततिर गएको पाइएको छ भने कतिपय जीवित भेटिएका छन्, जसको सूची सार्वजनिक गर्ने तयारी भइरहेको आयोगले जनाएको छ ।

वि.सं.२०७६ फागुन ६ मंगलवार १६:२४ मा प्रकाशित

Himalayan Life AD
प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका...

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

काँक्रेविहार (सुर्खेत)। दैलेखको महाबु गाउँपालिका भएर बग्ने तारागाढ खोलामा रु...

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको...

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

पूर्वमन्त्री दिपक खड्काले बनाएको संरचनामा डोजर

पूर्वमन्त्री दिपक खड्काले बनाएको संरचनामा डोजर

काठमाडौं । काठमाडौं महानगरले नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा...

मानसिक स्वास्थ्य सेवा सुदृढ गर्ने उपाय

मानसिक स्वास्थ्य सेवा सुदृढ गर्ने उपाय

नेपालमा आधुनिक मानसिक स्वास्थ्य सेवाको इतिहास धेरै लामो छैन ।...