back
CTIZAN AD

आफ्ना नेताको अपमान गरिएको भन्दै चिनियाँहरुको गम्भिर आपत्ति

वि.सं.२०७६ फागुन ६ मंगलवार

1.2K 

shares

६ फागुन काठमाडौ । काठमाडौंबाट प्रकाशित हुने एक अंग्रजी दैनिक ‘दि काठमाण्डू पोस्ट’ले आफूहरुको अपमान गरेको भन्दै चिनियाँरुले आपत्ति जनाएका छन ।

एक चिनियाँ पत्रकार नेपाली भाषा प्रमुख वर्षा क्रिले  सामाजिक सञ्जालमा राखिएको एक भिडियो सन्देस मार्फत उक्त पत्रिकाको सामाचारमा राखिएको फोटोप्रति आपत्ति जनाउँदै सबै चिनियाँको अपमान गरेको भनिएको छ । उक्त पत्रिकाको समाचार शिर्षक चाइनाज सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच ओर्स’ दिईएको छ र चिनियाँ युआन १०० मा रहेको दिवंगत नेता माओत्सेतुंको फोटोमा मास्क लगाईएको छ ।

यो विषयमा सम्बन्धित पत्रिकका प्रधान सम्पादकसंग अनुप काफ्लेसँग प्रतिकृया लिन खोज्दा सम्पर्क हुन सकेन । त्यसपछि सम्पर्कमा आएका संजिब सरकैयाले चिनियाँ दुतावाससंग सम्पर्क गरिसकिएको जानकारी दिए र यसमा आफूहरुको कुनै प्रतिक्रिया नरहेको बताए ।

स्रोतका अनुसार यो समाचार शिर्षकको सम्बन्धमा चिनियाँ दुतावासले सम्बन्धित मिडिया ग्रुपलाई दुतावासमा बोलाएर गम्भिर आपत्ति जनाएको छ ।

सामाजिक संजालमा राखिएको भिडियो सन्देस जस्ताको तस्तै

आदरणीय सम्पादकज्यू
द काठमाडु पोष्ट
नेपालको संचार क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेको कान्तिपुर संचारगृहबाट प्रकाशित द काठमाडु पोष्टको यही फागुन ६ गते मंगलबार तदनुसार फेब्रुअरी १८ तारिख प्रकाशित ुचाइना सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच ओर्सु शीर्षकको लेखले हामी सबै चिनियाँको अपमान गरेको छ। विदेशी संचारमाध्यममा पहिले नै प्रकाशित लेख भएकाले लेखको बारेमा भन्दा पनि त्यसमा प्रकाशित फोटो आपत्तिजनक छ ।

अध्यक्ष माओ चतुङलाई सम्पूर्ण चिनियाँ जनताले उच्च सम्मान र आदर गर्छन्। चिनियाँ जन बैंकले निस्काशन गरेको मुद्रामा आदरणीय अध्यक्ष माओ चतुङको फोटो राखिएको हुन्छ । तपाईंको पत्रिकाले चिनियाँ मुद्रा एक सय युआनको नोटमा अंकित अध्यक्ष माओको फोटोमा मास्क लगाएर चीनको सार्वभौमिकता र चीनप्रतिको घोर अपमान गर्नु भएको छ । यतिबेला चीन कोरोना भाइरसको संक्रमण विरुद्धको युद्धमा दत्तचित्तले लागिरहेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सबै चिनियाँहरुले मास्क लगाउने गरेका छन । चिनियाँले मात्र होइन अहिले विश्वका अधिकांश भागमा मास्क लगाउनलाई विश्व स्वास्थ्य संगठनले सबैलाई अपिल गरेको छ । तपाईंलाई चिनियाँले मास्क लगाएको फोटो चाहिएको भए म दिन सक्छु । अथवा इन्टरनेटबाट जतिसुकै खोज्न सक्नुहुन्छ ।

आधुनिक चीनका महान नेताको अपमान गरेर पत्रिकामा प्रकाशन गर्नु नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई पनि धक्का लगाउनु हो । चीन र चिनियाँलाई घोर अपमान गर्नु हो । हामी चिनियाँहरु नेपाल र नेपालीलाई उच्च सम्मान र माया गर्छौं । नेपाल र नेपालीले भोगेका विपत्तिहरुमा चीन र चिनियाँले सक्दोो सहयोग गरेकै छन । कोरोना भाइरसको विद्धरुमा नेपालीहरुले पनि आआफ्नो ठाउँबाट चीन र चिनियाँलाई सहयोग र समर्थन जनाएका छन । तर एउटा ठूलो राष्ट्रिय दैनिक पत्रिकाले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई ख्याल नगरिकन यस प्रकारको फोटो अथवा स्केच प्रकाशन गरेकोमा म खेद प्रकट गर्दछु र यस प्रकारका कार्यको दृढताका साथ विरोध र प्रतिवाद गर्दछु । रोग र संक्रमणको कुनै भौगोलिक सिमा हुँदैन । रोग र विपत्तिले न त कुनै देश विशेष भन्छ न त भौगोलिक सीमा नै मान्छ । यतिबेला पश्चिमा जगतले चीनमाथि विभेदपूर्ण सामग्री प्रकाशन गरिरहेका बेला चीनकै अशल छिमेकी देश नेपालका सचारमाध्यम पनि पश्चिमा संचारजगतको लहैलहैमा लागेर चीनमाथि हिलो छ्याप्ने र लान्छना लगाउने कार्य चीन र चिनियाँ जनताका लागि कदापि स्वीकार्य छैन ।

आशा छ नेपाली पत्रपत्रिका र संचार माध्यमले चीनसँगको मैत्री सम्बन्धलाई ख्याल गर्नेछन । अनि कोरोना भाइरसका विरुद्ध लड्नलाई साथ दिनेछन्। धन्यवाद ।

 

वि.सं.२०७६ फागुन ६ मंगलवार १९:१५ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...