६ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश ५ को स्थायी राजधानी र नाम टुंगो नलगाए संसद अवरुद्ध पार्ने चेतावनी दिएको छ । मंगलबार बसेको प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्ताव तत्काल प्रदेशसभा बैठकमा नल्याए संसद अवरुद्ध गर्ने चेतावनी दिएको हो ।
कांग्रेस सांसद अष्टभुजा पाठकले संसद बैठकमा विशेष समय लिएर बोल्दै देशको स्थायी राजधानी र नामाकरणको विषय संसदमा प्रवेश नगराइ लम्ब्याउन खोजिएको आरोप लगाए । उनले अब पनि ढिला गरिए कांग्रेसलाई स्वीकार्य नहुने उनले बताएका थिए ।
वि.सं.२०७६ फागुन ६ मंगलवार १७:२३ मा प्रकाशित






























