६ फागुन, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका नेता महेश बस्नेतले विद्युत प्राधिकरण रूढीवादी ढंगले चलेको बताएका छन् । एउटा पोल सार्नका लागि पनि कार्यकारी निर्देशकको नै स्वीकृति लिनुपर्ने हुँदा काममा अवरोध आएको भन्दै बस्नेतले रूढीवादी ढंगले विकास सम्भव नभएको बताए ।
बस्नेतले प्रधिकरणले २० हजारमा हुने काममा दुई लाख खर्च गरेको भन्दै असन्तुष्टि जनाएका छन् । उनले मंगलबार प्रतिनिधिसभामा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसँगको प्रश्नोत्तर कार्यक्रममा यस्तो यस्तो बताएका हुन्।
स्थानीय तह तथा उपभोक्ता समितिबाट काम गर्दा पोल सार्न २० हजार खर्च हुने भन्ने सुनिन्छ तर विद्युत् प्राधिकरणले भने त्यही काम गर्नका लागि दुई लाख खर्च गरेको छ’ सांसद बस्नेतले भने, ‘यस्तो कामको जिम्मेवारी स्थानीय तहलाई न दिँदा राम्रो हुन्छ।’
वि.सं.२०७६ फागुन ६ मंगलवार १६:५० मा प्रकाशित






























