back
CTIZAN AD

यी राशिका लागि हुनेछ आज लाभ ! हेर्नुहोस् (फागुन ८ गते) को राशिफल

वि.सं.२०७६ फागुन ८ बिहीवार

699 

shares

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ‍े)
काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ। तर उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप र जिम्मेवारी बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। विश्वास दिलाएर झुक्याउनेहरूले सताउन सक्छन्। साँझतिर स्थितिमा सुधार आउनाले उत्साहित भइनेछ। आफ्ना कमजोरी सुधार गर्ने समय रहेकाले काममा अलि मिहिनेत गर्नुहोला।

वृष राशि (इ, उ, ए, ओ, वा, वि, वु, वे, वोे)
आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। परिस्थितिवश अरूका लागि अलमलिनुपर्नेछ। सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। व्यवसायमा आंशिक लाभ हुनेछ। नयाँ काम थाल्न हतार नगर्नुहोला।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, हो)
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि बोली–व्यवहारमा विशेष ध्यान पुर्याउनुहोला। समस्या पर्दा शुभचिन्तकहरूको साथ जुट्नेछ। साँझतिर भने स्वास्थ्यमा कमजोरी र काममा चुनौती देखापर्न सक्छ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डोे)
प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। साँझतिर यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। प्रेम र मित्रताको बन्धन पनि कसिन सक्छ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यावहारिक समस्याले योजना स्थगन हुने देखिन्छ। मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ। कामको चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिने समय छ। अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। साँझतिर रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। शत्रु तथा प्रतिस्पर्धी परास्त हुनेछन्। मिहिनेतले राम्रो प्रतिफल हासिल गर्न सकिनेछ।

कन्या राशि (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा दुस्ख पाइनेछ। समयमा निर्णय लिन नसक्दा काम बिग्रन सक्छ। बेसुरको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। परिवारजनको सहयोगले मात्र काम बनाउन सकिनेछ। साँझतिर विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अध्ययनमा बाधा पुग्न सक्छ।

तुला राशि (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर भने काम बिग्रने भयले सताउन सक्छ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, युे)
समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। ठूलो उपलब्धि नभए पनि साँझतिर काम बन्नेछ। आयस्रोत बढ्नुका साथै दिगो काम थालनी गर्न सकिनेछ।

धनु राशि (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
समय लागे पनि तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुनेछन् र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। साँझतिर परिस्थिति केही कमजोर रहनेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने समय रहेकाले सावधान रहनुहोला।

मकर राशि (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना छ। साँझतिर अधुरो काम बन्नेछ र रमाइलो भेटघाट पनि हुनेछ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, दा )
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम पनि बन्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साँझतिर यात्राको प्रसंगमा खर्च हुन सक्छ। धनमाल सुरक्षामा विशेष सतर्कता अपनाउनुहोला।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। बाध्यात्मक परिस्थितिले पनि अलमल्याउन सक्छ। रोकिएका काम दोहोर्याउन समय प्रतीक्षा गर्नुपर्ला। प्रयत्न गर्दा केही काम सम्पादन हुनेछन्। राम्रो उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। साँझतिर रोकिएको काम बन्नाले जिम्मेवारी पनि बढ्नेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सकिनेछ।

२०७६ फागुन ८ गते बिहीबार
उपप्रा, लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

हेर्नुहोस् यस्तो छ तपाईको आज(फागुन ७ गते) को राशिफल

वि.सं.२०७६ फागुन ८ बिहीवार ०७:१७ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...