८ फागुन, काठमाडौं । भारतको सलेम बेंगलारु नेशनल हाइवेमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना हुँदा ६ नेपालीको ज्यान गएको छ । बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस यूटर्न लिन लाग्दा राजमार्गमा अर्को बससँग ठोक्किएको थियो ।
दुर्घटनामा १८ जना घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । ज्यान गुमाउनेमा ५६ वर्षीय गोपाल तामाङ, ६० वर्षीय विष्णु दाहाल, ४६ वर्षीय वीरबहहादुर राई, ५० वर्षीय टीकाराम र ५० वर्षीया बेलुकारी चौधरीको नाम खुलेको छ ।
घाइते भएका १८ जनाको स्थानीय अस्पताल मोहन कुमार मंगलम मेडिकल कलेजमा उपचार भैरहेको छ । सुनसरी जिल्लाबाट गएको माघ २३ गते ३४ जनाको नेपाली टोली भारततर्फ गएको थियो ।
वि.सं.२०७६ फागुन ८ बिहीवार १६:१५ मा प्रकाशित






























