back
CTIZAN AD

नेप्सेमा नयाँ रेकर्ड हालसम्म कै उच्च करोबार, शिवम् सिमेन्टको दोस्रो दिन पनि कारोवार उच्च

वि.सं.२०७६ फागुन ८ बिहीवार

1.8K 

shares

८ फागुन, काठमाडौं । सेयर कारोबार नेप्सेमा आज उच्च कारोबार भएको छ । परिसूचक २९.३२ अंकले बृद्धि भई १४३४.५७ बिन्दुमा पुग्दा करोबार रकम भने २ अर्ब ७८ करोड ५० लाख चार हजार ९ सय ८ पुगेको छ । यो कारोबार हालसम्मकै उच्च हो ।

यस अघि २०७३ साउन ११ गते २ अर्ब ७५ करोड रकम बराबरको कारोबार भएको थियो । सूचिकृत १८० कम्पनीको करोबार भएकामा ५८ लाख २९ हजार ५ सय १० कित्ता सेयरको किनबेच भएको नेप्सेले जनाएको छ । ठूला कम्पनीको करोबार देखाउने सेन्सेटिभ पनि ४.५ अंकले बढेर ३००.४४ पुगेको छ ।

“जीवन वीमा कम्पनी समूहका लगानीकर्ताले ३८५.३९ अंकले कमाउँदा निर्जीवन वीमा कम्पनीका लगानीकर्ताले ३७४.०१ अंकले कमाएका छन ।”

कूल १२ उपसमुह मध्ये ब्यापार –९.८५ र सामूहिक लगानि कोष –०.०४ बाहेक सबै १० वटा उपसमूहको परिसूचक बढेको छ । जस अनुसार बैंकिङ ७.९, होटल ४९.२७, बिकास बैक १०.०४, जलविद्युत १३.९२, बित्त ६.४२, निर्जिवन बिमा ३७४.०१, उत्पादन मूलक ९७.२६, अन्य ९.०३, लघुबित्त १५९.३२ जीवन विमा ३८५.३९ को परिसूचक हिजोको तुलनामा सुधार भएको छ ।

आज सबैन्दा धेरै कमाउनेमा जीवन र निर्जीवन वीमा कम्पनी समूहका लगानीकर्ता रहेका छन । जीवन वीमा कम्पनी समूहका लगानीकर्ताले ३८५.३९ अंकले कमाउँदा निर्जीवन वीमा कम्पनीका लगानीकर्ताले३७४.०१ अंकले कमाएका छन । त्यस्तै सबैभन्दा धेरै गुमाउनेमा व्यापार समुहका लगानीकर्ता रहेकाछन । सो समूहका लगानीकर्ताले ९.८५ अकले गुमाएका छन ।

आज सबैभन्दा धेरै कारोबार गर्नेमा शिवम् सिमेन्ट रहेको छ । उसले १७ करोड २ लाख १३ हजार ९५ रुपैयाँ बराबरको २ लाख ५६ हजार ९ सय २ कित्ता सेयर किनबेच गरेको छ । उसको मात्र ८ सय ४४ पटक सेयर लेनदेन भएको छ ।

आज सबैभन्दा धेरै कमाउनेमा बोटलर्स नेपाल ७७२, स्वभिमान लघुवित्त ११७, एनएमबि लघुवित्त ९६ लगायतका लगानीकर्ताले कमाउँदा साल्ट ट्रेडिङ २७४७, सपोर्ट लघुबित्त १०९०, रिडी बिद्युत कम्पनी १७४ लगायतका लगानीकर्ताले गुमाएका छन ।

वि.सं.२०७६ फागुन ८ बिहीवार १६:२३ मा प्रकाशित

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...