८ फागुन, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । विहिबार दिउसो प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उनले राजीनामा बुझाएका हुन् ।
बाँस्कोटाले आफ्ना बारेमा प्रश्न उठेकाले नैताकिताका आधारमा राजीनामा दिएको बताएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले राजीनामा दिएका हुन् ।
राजीनामा लगतै ट्वीट गर्दै उनले भनेका छन्, ‘मेरो बारेमा प्रश्न उठेकाले सम्मानीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु ।’

वि.सं.२०७६ फागुन ८ बिहीवार १६:३५ मा प्रकाशित






























