back
CTIZAN AD

कार्यदलले प्रतिबेदन बुझायो, अब एमसीसी पारीत नहुने

वि.सं.२०७६ फागुन ९ शुक्रवार

792 

shares

९ फागुन । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेशन संगको एमसीसी सम्झौता पारीत नहुने देखिएको छ ।
एमसीसीका विषयमा अध्ययन गर्न बनेको नेकपा कार्यदलले प्रतिवेदन बुझाएपछि पारीत नहुने सम्भावना बढेको हो ।

पुर्व प्रधानमन्त्री तथा वरीष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा भीम रावल र प्रदिप ज्ञवाली सहितको कार्यदलको बैठकले सुझावसहित तयार पारेको प्रतिवेदन शुक्रवार साँझ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली तथा प्रचण्डलाई बुझाइएको थियो । कार्यदलका सदस्य भीम रावलले बताए अनुसार सरकार र एमसीसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवश्यक तथ्यहरुको विस्तृत अध्ययन भएको थियो ।

एमसीसीका विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद बढ्दै गएपछि केन्द्रीय समितिको बैठकले अध्ययन गर्न कार्यदल गठन गरेको थियो । केन्द्रीय समितिले दिएको १० दिनको समयभित्र प्रतिवेदन तयार हुन नसकेपछि पुन १० दिनको समय थपिएको थियो ।

नेकपाको उच्च स्रोतका अनुसार सो प्रतिवेदनमा केहि बुँदाहरु शंसोधन गर्नै पर्ने बताइएको छ भने एमसीसीलाई इण्डोप्यासीफिक रणनीति (आइपीएस)को अंग हो भन्ने निष्कर्ष निकालिएको छ । नेकपाको सचिवालयले आइपीयस अन्तरगत भए स्विकार्नै नहुने निर्णय यसअघि नै गरीसकेको छ ।

वि.सं.२०७६ फागुन ९ शुक्रवार २१:०३ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...