१० फागुन, काठमाण्डौं । शन्ति सूरक्षाको दायित्व बोकेको प्रहरीले नै नागरिकमाथि अत्याचार गर्छ भने कहाँ जाने न्याय माग्न ? यस्तै पीडा भोग्दै आएकी छिन् महाँकाल गाउँपालिकाकी २१ वर्षीया शोभा शर्मा (नाम परिवर्तन) ले ।
जागिरको सिलसिलामा बिभिन्न ठाउँमा भौतारिइन । अन्तमा एक कम्पनीमा सेक्युरेटी गार्डको अवसर मिल्यो । कम्पनीले उनलाई जागिर खान प्रहरी रिर्पोट आवस्यक पर्ने बतायो । त्यसैले उनी ०७५ मंसिरमा चापागाउँ प्रहरी वृत्त पुगेर त्यहाँ आफ्नो समस्या सुनाइन् ।
उनी डिएसपी राजकुमार खिउजको क्याबिनमा पुगरेर जागिरका लागि प्रहरी रिर्पोट आवस्यक परेको बताइन् । खिउजले पुलिस रिर्पोट जावलाखेलस्थित महानगरीय प्रहरी परिसरमा बनाउने बताए । त्यसका लागि आफूले सहयोग गर्ने आश्वासन समेत दिए । उनले प्रहरी जवानलाई चिया ल्याउन भने ।
चिया पिउँदै गर्दा खिउजले क्याबिनको ढोका लक गरी युवतीको मुख थुनेर कपडा फुकाली जर्बजस्ती बलात्कार गरे । युवतीले प्रतिकारको प्रयास गरिन् तर सकिनन् । उनले पुलिस रिर्पोट गर्ने बताइन् । तर, खिउजले चलाखीपूर्ण तरिकाले करणीको भिडियो रेर्कड गरे । त्यो भिडियो प्रयोग गरी आफूलाई ६ महिनासम्म बारम्बार करणी गरेको युवतीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ ।
गत माघ २२ मा युवतीले डिएसपी खिउजविरुद्ध महारनगरीय प्रहरी परिसर ललितपुरमा किटानी जाहेरी दिइन् । ललितपुर जिल्ला अदालतले खिउजलाई पक्राउ गर्न आदेश दियो । तर, उनी अहिलेसम्म फरार छन् । शनिबारको नयाँपत्रिका दैनिकबाट
वि.सं.२०७६ फागुन १० शनिवार ०८:३२ मा प्रकाशित






























