१० फागुन, काठमाण्डौं । सेक्युरेटी प्रेस खरिदमा कमिसनको ‘डिल’ गरिरहेका अडियो सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रालयमातहतका अरु ठूला प्रोजेक्टमा पनि चासो राखेका थिए ।
नयाँ योजनामा कमिसन खोज्ने मात्र होइन, कतिपय भइसकेका ठेक्का समेत रद्द गरेर पनि उनले आफू अनुसार अघि बढाएको शनिबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।
खासगरी सेक्युरेटी प्रेस खरिद गर्ने, देशभरी टेलिकमको फोरजी सेवा पुर्याउने, स्याटलाइट राख्ने सामुदायिक विद्यालयहरुमा कम्प्युटर ल्याब स्थापना गर्ने, अप्टिकल फाइबर बिच्छयाउने, आधिकारीक विक्रेताभन्दा बाहिरबाट भित्राइएका मोबाइले नचल्ने बनाउन मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम खरिदलगायतका योजनामा गम्भीर चासो देखाएका थिए ।
यी हुन् ७ प्रोजेक्ट
१-प्राविधिक कमिटीको सुझाव विपरीत २८ अर्वको स्याटलाईट खरिद प्रक्रिया
२ -करोडौ कमिशन आउने गरी २३ अर्बमा सेक्युरेटी प्रेस किन्ने योजना
३ -फोर-जी सेवा विस्तार गर्न १९ अर्बको ठेक्का
४ -देशभर अप्टिकल फाइबर बिच्छ्याउने योजना १० अर्बको भइसकेको ठेक्कामा हस्तक्षेप
५ -मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम दररेट घटाउन लगाएर ५ अर्बको ठेक्का
६ -सामुदायिक विद्यायलमा कम्प्युटर ल्याब स्थापना डेढ अर्बको कार्यक्रमकबो लागत साढे तीन अर्ब पुर्याइयो
७- हरेक वडामा, स्वास्थ्य संस्था र सामुदायिक स्कुलमा इन्टरनेट सात अर्बको चालू कार्यक्रम
वि.सं.२०७६ फागुन १० शनिवार ०८:१७ मा प्रकाशित






























