कोलोराडो विश्वविद्यालयमा गरिएको एक अनुसन्धान अनुसार औसत रुपमा हाम्रो हातमा १ सय ५० प्रजातिका ३२ सय ब्याक्टेरिया हुन्छन् । हातलाई राम्ररी सफा नगरिएको स्थितिमा हात मिलाउँदा, अर्कालाई छुँदा या ब्याक्टेरिया अन्य व्यक्तिमा सर्छ । हातमा मानव मलमा पाइने रोगाणुसमेत पायन्छन् ।
हातलाई साबुन पानीले धुँदा मात्र पानीले हात धुनुको दाँजोमा धेरै बढी मात्रामा रोग उत्पन्न गर्ने जीवाणुलाई हटाउँछ । साबुनले छालामा जलन उत्पन्न हुने व्यक्तिले यो बुझ्न आवश्यक हुन्छ कि साबुनमा फरक ‘पीएच’ अर्थात् तटस्थ, अलिकती क्षारीय वा अलिकति अम्लीयपन हुन सक्छ । यति मात्र नभई साबुनमा भएको सुगन्धले जलन उत्पन्न गर्न सकिने औल्याउँदै इपिडि मियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वाशुदेव पाण्डेले अप्ठ्यारो हुने व्यक्तिले साबुनलाई परिवर्तन गरेर जलनको समस्याबाट मुक्त हुन सक्ब्ने बताउँछन् ।
यतिमात्र नभई संक्रमण नहुने हिसावले तरल साबुन ठोस साबुन भन्दा राम्रो मानिने पनि उनी बताउँछन् । शनिबारको कान्तिपुर दैनिकबाट
वि.सं.२०७६ फागुन १० शनिवार ०८:५५ मा प्रकाशित




























