नमस्कार, अभिवादन यत्रतत्र गुञ्जदा
पुष्पगुच्छा, फूल मालाले झपक्क सजिंदा
मन न हो अलौकिक र उद्दीप हुने गर्छ
यसैबाट आफैलाई एक महान सम्झन् पुग्छ ।
सरूवा बढुवा, ठेक्का पट्टा र मुद्दा मामला मिलाई दिदां
सबैको विश्वास अनी आशा भरोसाको केन्द्र बन्दा
शक्तीकेन्द्र आफ्नो दाउपेच ईसारामा चलुन्जेल
सबै निकाय क्षेत्रहरू आफूलाई अनुकुल हुंउन्जेल ।
खाजा पानी पकेट खर्च कार्यकर्ता सबै
बाटो खर्च रक्सी भूटन यसैमा आफ्ना सबै
मर्न मार्न सधै तयार युवाशक्ती वरीपरी
सर्वे सर्वा सबै मैं हूं मनभित्र अहंकार भरी ।
गणेशहरू सबैलाई सत्यवादी देख्दै गएं
जे भन्छन जे ल्याउंछन् सबै कार्य गर्दैगएं
जे दिन्छन जे ल्याउछन् सबैचिज सोह्रोर्दै गएं
दायित्वको कुरै छोडौं अतितलाई विर्सीगएं ।
आफ्नो घरका कोठा चोटा सबै साना लाग्दै गएं
खानपान उठबस फेरिएर आफू पुरा अर्कै भए
छोरा छोरी घर परिवार आधुनिकतामा रम्दैगए
आधुनिक बन्ने होड्मा कहा टाढा पुग्दै गएं ।
परिवारको खुसीलाई सबथोक ठान्दै गएं
यिनैलाई तृप्त पार्न आफैलाई बेच्दै गएं
तन मनबाटै विर्सिदिए सार्वभौंम् जनता
फेरि पनि जपे नाम सधैं भरी देश र जनता ।
शक्ती र अहंमताले आफूकेन्द्रीत बन्न पुग्दा
धरातल र आदर्श धेरै पहिल्यै बिर्सन पुग्दा
सर्वसाधारण जनबाट धेरै टाढा पुगीएछ
माया गर्ने आफ्नाबाट ओझेलमा परिएछ ।
कर्तव्यलाई विर्सेर चरम स्वार्थमा डुब्दै गएं
कोठा चोटा वरिपरी सबै सुनसान हुंदै आए
गणेश अनी आफ्ना भन्ने टाढाटाढा हुंदै गए
एकै क्षणमा सबैबाट त्यागिएर एक्लो भए ।
माया गर्ने साथिसंगी आफैले विर्सेपछि
गणेशहरू आज फेरी अर्कैका भएपछी
नाम जोड्नै छाडिदिए छोरा छोरी परिवारले
के थिएं, के के भए सपना वन्यो परिवेशले ।
वि.सं.२०७६ फागुन १० शनिवार ०९:०९ मा प्रकाशित






























