नचिनेको वस्तीमा हराउनु छैन मलाई
बोकी पिडा मनमा रमाउनु छैन मलाई ।
खुट्टा भए जुत्ताको कमी हुदैन हजुर
गल्ती गरेको छैन डराउनु छैन मलाई ।
माया छुट्यो भनेर रोइलो किन गर्छौ
धोका दियौ भनेर कराउनु छैन मलाई ।
माया साट्दै हिडने बानी तिम्रो रहेछ
काटिसकेउ नाक कटाउनु छैन मलाई ।
खुशी रहनु त्यही मन जित्छ जसले
मेटिएको नाता लेखाउनु छैन मलाई ।
वि.सं.२०७६ फागुन १० शनिवार ०९:१० मा प्रकाशित






























