back
CTIZAN AD

डायमण्ड प्रिन्सेस पानीजहाजमा जापान पुगेका कोरोना सङ्क्रमित तेस्रो यात्रुको पनि मृत्यु

वि.सं.२०७६ फागुन ११ आइतवार

765 

shares

डायमण्ड प्रिन्सेस नामक एक पानी जहाजमा जापान पुगेका थप एक कोरोना भाइरस सङ्क्रमितको आइतबार मृत्यु भएको छ ।

योसँगै कोरोना भाइरस सङ्क्रमित उक्त जहाजका तेस्रो यात्रुको मृत्य भएको छ भने आइतबारको यो घटनासँगै जापानमा कोरोना भाइरसका सङ्क्रमणका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या चार पुगेको छ । उक्त जहाजमा आएका र कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका दुई अन्य वृद्धको बिहीबार मृत्यु भएको थियो

पानी जहाजमा जापानी सहर योकोहामा पुगेका ८० वसन्त पार गरेका एक जापानीको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको जापानी स्वास्थ्य मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी पुष्टि गरेको छ । उनी कोरोना भाइरसको सङ्क्रमणभन्दा पहिले अन्य रोगबाट समेत विरामी रहेका बताइएको छ । ती वयोवृद्ध व्यक्तिलाई सङ्क्रमणको पुष्टिपछि स्थानीय एक अस्पतालमा छुट्टै राखी उपचार भइरहेको थियो ।

मन्त्रालयले ती तीनै जनाको मृत्युको कारण निमोनिया भएको बताएको छ तर ती तीनै जनामा कोरोना भाइरसको सङ्क्रमण भने यस अघि नै पुष्टि भैसकेको थियो ।

डायमण्ड प्रिन्सेसमा आएका ती यात्रुमध्ये ६०० जनाभन्दा बढीमा कोरोनाको सङ्क्रमण पुष्टि भएको र दर्जनौँको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । एशियाली उक्त मुलुकमा कूल ८०० ब्यक्तिभन्दा बढीमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

वि.सं.२०७६ फागुन ११ आइतवार १९:२२ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...