back
CTIZAN AD

कोभिड–१९ चीनमा कम्युनिष्ट शासन शुरू भएपछिको ‘सबैभन्दा ठूलो स्वास्थ्य सङ्कट’ -राष्ट्रपति सी

वि.सं.२०७६ फागुन १२ सोमवार

723 

shares

१२ फागुन, बेइजिङ ।  चीनमा दुई हजार ४०० भन्दा बढीको ज्यान लिएको नयाँ कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण चीनमा कम्युनिष्ट पार्टीको शासन शुरू भएपछिको ‘सबैभन्दा ठूलो स्वास्थ्य सङ्कट’ भएको चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतबार बताएका छन् ।

चीनमा माओत्सेतुङको नेतृत्वमा चिनियाँ सांस्कृतिक क्रान्ति सफल भएसँगै सन् १९४९ मा कम्युनिष्ट शासन शुरू भएको थियो ।

सङ्क्रमण नियन्त्रणका लागि चीनले देखाएको तदारूकताबीच पनि रोगलाई नियन्त्रणमा ल्याउन कठिनाइ भएको तर्फ सङ्केत गर्दै उनले भने, “चीनले ‘सतहमा देखिएको प्रष्ट कमजोरी बाट सिक्नु जरूरी हुनेछ ।”

चीनको राज्य सञ्चालित टेलिभिजन च्यानल सीसीटीभीले प्रशारण गरेको रिपोर्टमा बताइएअनुसार सीले भने “ कोभिड–१९ को प्रकोप शीघ्र र ठूलो क्षेत्रमा भएका कारण यसको रोकथाम तथा नियन्त्रणमा निकै कठिनाइ भएका हो ।”
“यो हाम्रा लागि एउटा सङ्कट अनि ठूलो परीक्षण हो,” उनले भने ।

चीनमा कोभिड–१९ का कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या चीनमा मात्रै दुई हजार ४०० पुगेको र मुख्यभूमि चीनमा ७७ हजारभन्दा बढीमा उक्त भाइरसको सङ्क्रमणको पुष्टि भएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङको यो प्रतिक्रिया आएको छ । यसैबीच चीनमा भने कोरोना भाइरस सङ्क्रमणका नयाँ बिरामीको सङ्ख्यामा पछिल्ला केही दिन यता घट्दो क्रममा देखिएको छ ।

राष्ट्रपति सीले आइतबार पहिलो पटक कोरोना भाइरस सङ्क्रमणको महामारीले ‘निश्चितरूपमा अर्थतन्त्र र समाजलाई व्यापक असर पार्ने’ बताए । यद्यपि यसको असर ‘छोटो समयका लागि रहने अर्थात् यसको नियन्त्रण सम्भव’ भएको उनले बताए ।

चीनबाहेक विश्वका २५ मुलुकमा सङ्क्रमण पुष्टि भएको भए पनि यसले प्रकोपको स्वरूप नलिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । खासगरी अफ्रिकी महादेश र अन्य कतिपय मुलुकले कोरोना भाइरसको सम्भावित सङ्क्रमण भएमा यसलाई नियन्त्रणका लागि तयारी नभएको उक्त संस्थाले जनाएको छ ।

कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या चीनपछि सबैभन्दा बढी इरानमा आठ पुगेको छ भने जापान, दक्षिण कोरियालगायतका मुलुकमा पनि यसको समस्या बढ्दो अवस्थामा देखिएको छ ।

वि.सं.२०७६ फागुन १२ सोमवार ०८:४० मा प्रकाशित

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...