१२ फागुन, काठमाण्डौं । नेपाली सेनाद्धारा नेपाल गन्जमा संचालित ५० सैथ्याको मिलिटरी अस्पतालबाट विभिन्न सेवाहरु उपलब्ध गराइने बताइएको छ ।
सेनाद्धारा जारी एक सूचनामा उक्त अस्पतालले दिने विशेषज्ञ सहितको सुविधामा विरामी भर्ना सुविधा, हाडजोर्नी सेवा, सर्जरी ऐनेस्थेसिया, मेडिसिन, डेन्टल प्याथोलोजी, रेडियोलोजी, फार्मेसी जस्ता सेवाहरु नेपालगन्ज अस्पतालबाट प्राप्त गर्न सकिने सूचनामा जनाइएको छ ।
उक्त सूचनामा यहि फागुन ७ गते सम्पन्न सेना दिवसबाट इटहरी र पोखरामा पनि मिलिटरी अस्पताल सञ्चालनमा ल्याइने योजना रहेको पनि बताइएको छ । साथै निकट भविष्यमै धनगढीको बोराडाँडी र बर्दिबास पनि मिलिटरी अस्पताल निर्माण कार्य सुरु भइसकेको बताइएको छ ।
वि.सं.२०७६ फागुन १२ सोमवार ०९:५७ मा प्रकाशित






























