back
CTIZAN AD

कोरोना भाइरसः दक्षिण कोरियामा ७ को मृत्यु, ७६३ जना संक्रमित

वि.सं.२०७६ फागुन १२ सोमवार

750 

shares

१२ फागुन, काठमाडौं । कोरोना भाइरसको संक्रमण दक्षिण कोरियामा फैलिँदो क्रममा छ । चीनको वुहानबाट शुरु भएको यो भाइरसको संक्रमणबाट दक्षिण कोरियामा ७ जनाको मृत्यु भइसकेको छ भने संक्रमित हुनेको संख्यामा ७६३ पुगेको छ ।

कोरियामा रहेका नेपालीलाई पनि कायृस्थलबाट बाहिर निस्कन दिईएको छैन । ७ जनाको ज्यान गएसँगै नेपालीहरुमा पनि त्राश बढेको छ । दूतावासले यसअघि नै शतर्क रहन सुझाव दिईसकेको थियो ।

कोरियामा आइतबार मात्रै थप १६१ जनामा कोरोनाको संक्रमण देखिएको थियो ।  संक्रमितको संख्यामा अनेपेक्षित वृद्धि भएपछि दक्षिण कोरियाले सतर्कता बढाएको छ। राष्ट्रपति मुन जाय–इनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ‘अभूतपूर्ण र शक्तिशाली कदम’मा जोड दिँदै देशैभर उच्च सतर्कता बढाइएको घोषणा गरेका छन्।

यो भाइरसका कारण चीनमा सबैभन्दा धेरै २ हजार ४ सय ४२ जना मृत्यु भैसकेको छ । चीन बाहिर इरानमा ८, दक्षिण कोरियामा ७, जापानमा ४, इटालीमा २, हङकङमा २, ताइवानमा १, फ्रान्समा १, फिलिपिन्समा १ गरी २ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ।

वि.सं.२०७६ फागुन १२ सोमवार ११:२३ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...