१२ फागुन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले सूचना प्रकाशित गरेको छ ।
त्रिविले B.Sc. पुनः प्रवेश परीक्षा २०७६ को लागि आवेदन फर्म भर्ने सम्बन्धि सूचना प्रकाशित गरेको हो ।
त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा वार्षिक परीक्षा प्रणाली अनुसार पठनपाठन हुने विज्ञान तर्फ ४ वर्षे स्नातक तह B.Sc. २०७६मा भर्नाका लागि केही क्पाम्पसहरुमा कोटा रिक्त रहेकोले सो कार्यक्रममा भर्ना हुन ईच्छुक विद्यार्थीहरुका लागि निम्नानुसारको पुनः प्रवेश परीक्षा कार्यक्रम प्रकाशित गरिएको सूचनामा जनाइएको छ ।
वि.सं.२०७६ फागुन १२ सोमवार ११:४८ मा प्रकाशित