back
CTIZAN AD

शुभाष गुरुङ छलफलमा नआएको भन्दै सीता सापकोटाले सार्वजनिक रुपमै पोखिन् दुखेसो

वि.सं.२०७६ फागुन १३ मंगलवार

618 

shares

नेपाली जनसम्पर्क समिती बेल्जियम पाचौँ अधिवेसनको पुर्व सन्ध्यामा छ । तर अधिवेशन तयारीका लागि साथीहरुबीच छलफल हुन नसकेको भन्दै दुखेसो पोखेकी छिन् नेपाली जनसम्पर्क समिती बेल्जियमकी सभापति तथा पाचौ अधिवेसन मुल तयारी समितिकी संयोजक सीता सापकोटाले  ।

नेपाली काँग्रेसले पछिल्लो पटक  परिपत्र गर्दै सभापती सीता सापकोटा संयोजक र महामन्त्री शुभाष गुरुङ उपसंयोजक रही पाचौँ अधिवेसन भब्य रुपमा सम्पन्न गर्नु भनी निर्देशन दिए अनुसार बैठक राख्दा उपसंयोजक गुरुङ बैककमा उपस्थित नभएको भन्दै दुखेसो पोखेकी हुन् । आफूहरुले उपसंयोजक गुरुङलाई बैठकका लागि पटकपटक बोलाउँदा पनि छलफलमा उपस्थित नभएको भन्दै उनले सामाजिक सञ्जालमै यो कुराको जानकारी गराएकी छिन् ।

उनले भनेकी छिन् ‘केन्द्रको पछिल्लो परिपत्र अनुसार सभापती सीता सापकोटा संयोजक र महामन्त्री शुभाष गुरुंग उपसंयोजक रही पाचौँ अधिवेसन भब्य रुपमा सम्पन्न गर्नु भनी निर्देशन भए पस्चात हामी ६ वटा बैठक बस्यौ र पनी उप संयोजक शुभाष गुरुंग ज्यु पटक पटक बैठकमा बोलाउँदा र सम्वाद गर्दा पनी उपस्थित नहुनु भएकोमा हामी दुखी छौ। ’

अधिवेशन तयारीका लागि छलफल गर्न राखिएको बृहत बैठकको सूचना नै सञ्जालमा राखेकी उनले नेपाली जनसम्पर्क समिती बेल्जियमका संस्थापक अध्यक्षज्यू, पुर्व अध्यक्षज्युहरु, निबर्तमान अध्यक्षज्यु, पाचौँ अधिवेसन मुल तयारी समितीका साथीहरु तथा कृयासिल एव साधारण सदस्यको नाममा सम्बोधन गर्दै बृहत बैठकको सुचना सार्वजनिक गरेकी हुन् ।

लुभेन क्याफे लापाजको माथिल्लो तला (ईन्द्र दाईको रेष्टुरेन्ट अगाडी) २ मार्च सोमबारका दिन दिनको ठिक २ बजे उक्त बैठक हुने उल्लेख छ ।
उनले लेखेकी छिन् :

“ बृहत बैठकको सुचना

आदारणिय नेपाली जनसम्पर्क समिती बेल्जियमका संस्थापक अध्यक्ष ज्यु, पुर्व अध्यक्ष ज्युहरु, निबर्तमान अध्यक्ष ज्यु , पाचौँ अधिवेसन मुल तयारी समितीका साथीहरु तथा कृयासिल एव साधारण सदस्य ज्युहरु जय नेपाल।
प्रिय साथीहरु हामीहरु नेपाली जनसम्पर्क समिती बेल्जियमको पाचौँ अधिवेसनको पुर्व सन्ध्यामा छौ, अधिवेसनको लागी बिभिन्न समितीहरु तयार भई हामी अगाडी बढीरहेका छौ। साथीहरु हाम्रा बिचमा नचाहँदा नचाहँदै केही समय यता केही बिमतीहरु रहे तर केन्द्रको पछिल्लो परिपत्र अनुसार सभापती सीता सापकोटा संयोजक र महामन्त्री शुभाष गुरुंग उप संयोजक रही पाचौँ अधिवेसन भब्य रुपमा सम्पन्न गर्नु भनी निर्देशन भए पस्चात हामी ६ वटा बैठक बस्यौ र पनी उप संयोजक शुभाष गुरुंग ज्यु पटक पटक बैठकमा बोलाउँदा र सम्वाद गर्दा पनी उपस्थित नहुनु भएकोमा हामी दुखी छौ। साथीहरु केन्द्रको बर्तमान बिधान नियमावली र परिपत्र अनुसार कृयासिल नबिकरण तथा नया सदस्यता बितरण गर्ने कार्य लाई तिब्र रुपमा अगाडी बढीरहेका छौँ, साथीहरु हामीहरु एक आपसमा मिलेर अगाडी जानु र अधिवेसन गर्नुको बिकल्प छैन त्यसैले माथी उल्लेखित सम्पुर्ण अग्रजहरु तयारी समितीका साथीहरु, कृयासिल र साधारण सदस्य ज्युहरु तथा उप संयोजक शुभाष गुरुंग जी लगायत सम्पुर्ण साथीहरु निम्न मिती स्थान र समयमा हुन गईरहेको बृहत बैठकमा उपस्थित भई दिनु हुन अनुरोध गर्दछु।जय नेपाल।
सीता सापकोटा
संयोजक
पाचौ अधिवेसन मुल तयारी समिती
नेपाली जनसम्पर्क समिती बेल्जियम ।
मिती: २ मार्च सोमबारका दिन।
समय : दिनको ठिक १४ बजे
स्थान: लुभेन क्याफे लापाजको माथिल्लो तला । ईन्द्र दाईको रेष्टुरेन्ट अगाडी।”

वि.सं.२०७६ फागुन १३ मंगलवार २०:२३ मा प्रकाशित

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

रोमानियामा मृत्यु भएका दुई नेपालीको पहिचान खुल्यो

काठमाडौं । रोमानियामा रेलको ठक्करबाट मृत्यु भएका दुई नेपाली युवाको...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...