back

सवारी दुर्घटनामा ५ जनाको ज्यान गयो

वि.सं.२०७६ फागुन १६ शुक्रवार

360 

shares
GLOBAL IME AD
NTC AD

१६ फागुन , काठमाडौं । मकवानपुर, सप्तरी, नवलपरासी(पूर्व), दाङ र बाराका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका –१५ चुरियामाईस्थित सडकमा ना.४३ प १५१७ नम्बरको मोटरसाइकललाई ना.४६ प २८११ नम्बरको मोटरसाइकलले बिहीबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका ना.४३ प १५१७ नम्बरका मोटरसाइकल चालक पर्सा वीरगंज महानगरपालिका २३ बस्ने ३० वर्षीय अफताव आलम अन्सारीको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

साथै दुर्घटना घाइते भएका दुबै मोटरसाइकलमा सवार अन्य तीन जनालाई उपचारका लागि हेटौंडा अस्पताल र चुरेहिल अस्पतालतर्फ पठाइएको छ ।

सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका- ३ पोर्ताहास्थित सडकमा ज।१ त ६६४४ नम्बरको ट्याक्टरले ना.११ प १७०४ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही ठाँउ बस्ने २० वर्षीय बिनोद खरहरीको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार हनुमाननगर कंकालिनी नगरपालिका-३ बस्ने २१ वर्षीय सलेन्द्र खरहरीको न्यूरो अस्पताल बिराटनगरमा उपचार भइहेको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

नवलपरासी(पूर्व), देबचुली नगरपालिका –१३ कैलाश चोक नजिक भित्री सडकमा लु.३ त ४८३३ नम्बरको ट्याक्टर र ना.५५ प ३१६४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक गैडाकोट नगरपालिका- १५ बस्ने २१ वर्षीय दिनेश गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार गैडाकोट नगरपालिका १५ बस्ने १९ वर्षीय प्रितम गुरुङको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङ, दंगिशरण गाउँपालिका- ५ बागर खोला नजिकै रा.५ प १२७० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका ८ अस्वार बस्ने १९ वर्षीय गौरव डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङ हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँकेतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

बारा, कलैया उपमहानगरपालिका- १ भरत चोकस्थित सडकमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुषको जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको छ । ठक्कर दिने गाडी तथा चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

वि.सं.२०७६ फागुन १६ शुक्रवार १३:२६ मा प्रकाशित

भ्रष्टाचारविरुद्ध अभियान आवश्यक : नारायणकाजी श्रेष्ठ

भ्रष्टाचारविरुद्ध अभियान आवश्यक : नारायणकाजी श्रेष्ठ

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं...

जनमतकी समानुपातिक सांसद गुरुङले दिइन राजीनामा

जनमतकी समानुपातिक सांसद गुरुङले दिइन राजीनामा

काठमाडौँ । लुम्बिनी प्रदेशसभाका सांसद गीता गुरुङले पदबाट राजीनामा दिएका...

प्रधानमन्त्री ओलीसँग अन्तर-संसदीय सम्मेलनका सहभागीको भेट

प्रधानमन्त्री ओलीसँग अन्तर-संसदीय सम्मेलनका सहभागीको भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर-संसदीय सभामुुख सम्मेलन’ (आइएससी)का...

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको...

आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य यस्तो छ

आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य यस्तो छ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम : पहाडी भू भागमा आंशिक बदली हुने पूर्वानुमान

आजको मौसम : पहाडी भू भागमा आंशिक बदली हुने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको...