back
CTIZAN AD

राष्ट्रिय साहित्य सम्मेलनका लागि २३७ कविता प्राप्त

वि.सं.२०७६ फागुन १६ शुक्रवार

591 

shares

१६ फागुन, तनहुँ । तनहुँको दमौलीमा हुन लागेको दोस्रो राष्ट्रिय साहित्य सम्मेलनका लागि देशभरबाट २३७ कविता प्राप्त भएको छ । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा फागुन २४, २५ र २६ गते हुन लागेको राष्ट्रिय साहित्य सम्मेलनका लागि देशका विभिन्न जिल्लाबाट कविता प्राप्त भएको हो ।

प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारीले यही फागुन १४ गतेभित्र कविता आइपुग्नुपर्ने अन्तिम मिति तोकिएकामा विभिन्न जिल्लाका साहित्यकारले कविता पठाएको जानकारी दिए । अधिकारीका अनुसार प्राप्त कविता विज्ञ समितिले मूल्याङ्कन गरी साहित्य सम्मेलनका लागि छनोट गर्नेछ ।

“प्राप्त कवितालाई उत्कृष्टताका आधारमा साहित्य सम्मेलनमा प्रस्तुत गर्ने गरी छनोट गरिनेछ”, अधिकारीले भने, “प्राप्त कवितामध्ये बढीमा ६० वटासम्म कविता छनोट हुनेछन् ।” छनोट भएका कविता साहित्यकारले स्वयं उपस्थित भएर वाचन गर्नुपर्नेछ । पुरस्कृत कविता र वाचनका लागि छनोट भएका उत्कृष्ट ३० कविता प्रतिष्ठानको स्मारिकामा पनि प्रकाशन गरिनेछ । मौलिक कविता गद्यपद्य १५० शब्दसम्मको हुनुपर्नेछ ।

प्रतिष्ठानले साहित्य सम्मेलनको प्रचारप्रसार र तयारीलाई तीव्ररुपमा सञ्चालन गरिरहेको छ । भाषा, साहित्य र संस्कृतिको उत्थान गर्दै साहित्यिक जागरणका लागि राष्ट्रिय साहित्य सम्मेलन आयोजना गर्न लागिएको आयोजकले बताएको छ । “नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जिल्ला भए पनि यहाँ साहित्यिक कार्यक्रम निकै कम हुने गरेको छ”, अधिकारीले भने, “साहित्यक जागरण ल्याउने उद्देश्यसहित कार्यक्रम गर्न लागेका हौँ ।”

सम्मेलनमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ५५ हजार, ४० हजार र २५ हजार प्रदान गरिने तथा सान्त्वना हुने छ जनालाई रु १०\१० हजार प्रदान गरिने आयोजकले जनाएको छ । साहित्य सम्मेलन सम्पन्न गर्न प्रतिष्ठानका अध्यक्ष अधिकारीको संयोजकत्वमा १२१ सदस्यीय मूल समारोह समिति र विभिन्न उपसमिति गठन गरिएको छ ।

यसअघि प्रतिष्ठानले विसं २०५३ फागुन १ गते दमौलीमा राष्ट्रिय साहित्य सम्मेलन आयोजना गरेको थियो । उक्त सम्मेलनमा बाग्लुङका भूपिन व्याकुलको ‘नदीहरु मान्छे जस्ता हुँदैनन्’ कविता प्रथम हुन सफल भएको थियो । आर्थिक समितिका संयोजक समुद्र गोदारका अनुसार सम्मेलनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग पनि आर्थिक सहयोगका लागि अनुरोध गरिएको छ । सम्मेलनबाट बचेको रकमबाट अक्षयकोष स्थापना गर्ने सोच राखिएको छ ।रासस

वि.सं.२०७६ फागुन १६ शुक्रवार १३:३९ मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई एक लाख २० हजार पुरस्कार

एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई एक लाख २० हजार पुरस्कार

म्याग्दी (बेनी) । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) मा उत्कृष्ट हुने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

मकैको खोस्टा उपयोगका लागि तालिम

मकैको खोस्टा उपयोगका लागि तालिम

दमौली (तनहुँ) । केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा...

अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...