Logo
२ कार्तिक २०७८, मंगलवार
     Tue Oct 19 2021
E-paper
  English Edition
   Unicode
Logo

एसिसी टी–२० मा हङकङ सँग नेपाल ४३ रनले पराजित



१८ फागुन, काठमाडौँ । एसिसी टी–२० पूर्व क्षेत्र क्रिकेट प्रतियोगितामा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ।

नेपाललाई आइतबार भएको खेलमा हङकङले ४३ रनले पराजित गरेको हो।

यसअघि नेपाल शनिबार भएको आफ्नो पहिलो खेलमा मलेसियासँग २२ रनले हारेको थियो। हङकङसँग हारसँगै शीर्ष दुईमा रहेर एसिया कप छनोट खेल्ने नेपालको लक्ष्य कठिन मोडमा पुगेको छ।

थाइल्यान्डमा भइरहेको प्रतियोगितामा आइतबार हङकङले दिएको १५५ रनको लक्ष्य पछ्याएको नेपाल १८.१ ओभरमा १११ रनमा अलआउट भयो।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सबैभन्दा बढी ४६ रन जोडे। उनले ४३ बलमा ४ चौका र १ छक्का हिर्काए। उनीसँग ओपनिङ गरेका कुशल मल्लले १४ बलमा १४ रन जोडे।

अन्य नेपाली ब्याट्सम्यान सस्तैमा आउट भए। पारस खड्का ४ रन, दीपेन्द्रसिंह ऐरी ५ रन, पवन सर्राफ १ रन, विनोद भण्डारी ५ रन, आरिफ शेख १० रन, करण केसी ७ रन र सन्दीप लामिछाने ० मा आउट भए। अभिनास बोहाराले आउट हुनुअघि १२ रन जोडे।

नेपालको इनिङ ध्वस्त पार्ने क्रममा हङकङका हारुन मोहमद अर्सादले ४ विकेट लिए। अफ्ताव हुसेनले ३ विकेट र इशान खानले २ विकेट लिए।

थाइल्यान्डको ट्रेडथाइ क्रिकेट मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेटको क्षतिमा १५४ रन जोड्यो।

हङकङका लागि ओपनिङ ब्याट्सम्यान निजाकत खानले सबैभन्दा बढी ४८ रन जोडे। उनले २९ बलमा ६ चौका र २ छक्का हिर्काए।

ओपनर साहिद वासिफले २९ रन बनाए। उनले २३ बलमा ३ चौका र १ छक्का प्रहार गरे। जेम्स एटकिनसन १३ रनमा आउट भए।

मोहमद आइजाज खानलाई २९ रनमा दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका थिए।

बलिङमा नेपालका सन्दीप लामिछाने र सुसन भारीले २९२ विकेट लिए। सन्दीपले ४ ओभरमा २५ रन र सुसनले ३७ रन दिए। सुसनले हङकङका दुवै ओपनरलाई आउट गरे।

कुशल मल्लले १ विकेट हात पारे भने तीव्र गतिका बलरद्वय करण केसी र अभिनास बोहराले विकेट लिन सकेनन्।

प्रतियोगितामा नेपाल, मलेसिया, हङकङ, थाइल्यान्ड र सिंगापुरबीच प्रतिस्पर्धा भइरहेको छ। प्रतियोगिताका शीर्ष २ टिम एसिया कप छनोटमा पुग्नेछन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अनुरोध पछि प्रतिनिधि सभाको बैठक २ दिनका

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको