१९ फागुन, काठमाडौँ । काठमाडौँको विभिन्न स्थानमा रहेको एक सहकारी संस्थाले विभिन्न पदको लागि दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीको माग गरेको छ ।
यस सहकारी संस्थाले जुनियर बजार अधिकृतमा २ जना बिबीए/बिबीएस पास भएको र बजार प्रतिनिधिमा १० जना एसएलसी/एसईइ पास भएका कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।
उक्त संस्थाका अनुसार ईच्छुक व्यक्तिले आफ्नो योग्यताको प्रमाणपत्र, बायोडाटा र एक प्रति पिपी साईजको फोटो सहित सूचना प्रकाशित मितिले ७ दिनभित्र आवेदन दिनुपर्ने छ ।
विस्तृत जानकारीका लागि फोनः नं. ०१–४२८१३११, ४२८५३७४ मा सम्पर्क गर्न सकिने जनाएको छ ।
यसैबिच एभरेस्ट इन्टरप्राइजेज कम्पनीले पनि सेल्स मार्केटिङमा २ र गार्डमा १ जना ब्याचलर पास भएका कर्मचारीको आवश्यकता रहेको जानकारी दिएको छ ।
थप जानकारीका लागि फोनः नं. ०१–४३७८३७३, ९८११०५१५१६ मा सम्पर्क गर्न सकिने सूचना दिएको छ ।
वि.सं.२०७६ फागुन १९ सोमवार १०:३१ मा प्रकाशित






























