back
CTIZAN AD

कास्कीमा महिला जनप्रतिनिधिलाई कानूनी शिक्षा

वि.सं.२०७६ फागुन १९ सोमवार

966 

shares

१९ फागुन, कास्की । महिला तथा बालबालिकाका लागि संविधान प्रदत्त अधिकार तथा कानूनमा भएका पछिल्ला परिवर्तनका सम्बन्धमा जानकारी गराउने उद्देश्यले कास्कीको माछापुच्छ«े गाउँपालिकाले महिला जनप्रतिनिधिलाई ‘विद्यमान कानून’का विषयमा प्रशिक्षण दिएको छ ।

तीन दिने सो प्रशिक्षणमा गाउँपालिकाको नौवटै वडाबाट २० महिला जनप्रतिनिधिको सहभागिता थियो । फागुन १६ देखि १८ गतेसम्म दिएको प्रशिक्षणमा कानूनी साक्षात्कार तथा पृष्ठपोषण गरिएको थियो ।

कार्यक्रममा अधिवक्ता भगवती पहारीले परिमार्जित कानूनका बारेमा जानकारी गराएकी थिइन् । मुलुकी देवानी तथा फौजदारी संहिता २०७४ का प्रमुख विशेषता तथा त्यसमा महिला तथा बालबालिकाका बारेमा उल्लेख भएका प्रावधानका बारेमा उनले प्रशिक्षण दिएकी हुन् ।

त्यसैगरी गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी पौडेल दवाडीले महिला सशक्तीकरण तथा क्षमता विकास र प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले बजेट तथा स्थानीय तह सञ्चालन ऐन, जनप्रतिनिधिको क्षेत्राधिकार तथा वडा र कार्यपालिका सदस्यको काम, कर्तव्य र अधिकारका विषयमा प्रशिक्षण दिएकी थिइन् ।

तालीम समापन अवसरमा उपाध्यक्ष दवाडीले अधिकांश जनप्रतिनिधिलाई नयाँ संहिता र कानूनबारे जानकारी नहुँदा समस्या हुने गरेको बताउँदै कानूनी साक्षरताका लागि गाउँपालिकाले प्रशिक्षण अभियान नै थालेको बताइन् ।

उनले जनप्रतिनिधिले संविधान, ऐन, कानून तथा कार्यविधिको राम्रोसँग अध्ययन गर्नुपर्ने र कानून निर्माणकर्तासमेत भएकाले बढीभन्दा बढी अध्ययनमा जोड दिनुपर्ने आवश्यकता औँल्याइन् ।

चालू आर्थिक वर्षको महिला लक्षित स्वीकृत वार्षिक कार्यक्रमअनुसार क्षमता विकाससम्बन्धी तालीम प्रदान गरिएको बताउँदै गाउँपालिका महिला विकास निरीक्षक एवं तालीम संयोजक रीता थापाले यसबाट काम गर्ने क्रममा आइपर्ने समस्याको उचित कानूनी समाधानमा सघाउने विश्वास व्यक्त गरिन् । (रासस)

वि.सं.२०७६ फागुन १९ सोमवार १०:४३ मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई एक लाख २० हजार पुरस्कार

एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई एक लाख २० हजार पुरस्कार

म्याग्दी (बेनी) । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) मा उत्कृष्ट हुने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

मकैको खोस्टा उपयोगका लागि तालिम

मकैको खोस्टा उपयोगका लागि तालिम

दमौली (तनहुँ) । केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा...

अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा

म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७६ वर्ष पूरा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...