back

कास्कीमा महिला जनप्रतिनिधिलाई कानूनी शिक्षा

वि.सं.२०७६ फागुन १९ सोमवार

405 

shares
GLOBAL IME AD
NTC AD

१९ फागुन, कास्की । महिला तथा बालबालिकाका लागि संविधान प्रदत्त अधिकार तथा कानूनमा भएका पछिल्ला परिवर्तनका सम्बन्धमा जानकारी गराउने उद्देश्यले कास्कीको माछापुच्छ«े गाउँपालिकाले महिला जनप्रतिनिधिलाई ‘विद्यमान कानून’का विषयमा प्रशिक्षण दिएको छ ।

तीन दिने सो प्रशिक्षणमा गाउँपालिकाको नौवटै वडाबाट २० महिला जनप्रतिनिधिको सहभागिता थियो । फागुन १६ देखि १८ गतेसम्म दिएको प्रशिक्षणमा कानूनी साक्षात्कार तथा पृष्ठपोषण गरिएको थियो ।

कार्यक्रममा अधिवक्ता भगवती पहारीले परिमार्जित कानूनका बारेमा जानकारी गराएकी थिइन् । मुलुकी देवानी तथा फौजदारी संहिता २०७४ का प्रमुख विशेषता तथा त्यसमा महिला तथा बालबालिकाका बारेमा उल्लेख भएका प्रावधानका बारेमा उनले प्रशिक्षण दिएकी हुन् ।

त्यसैगरी गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी पौडेल दवाडीले महिला सशक्तीकरण तथा क्षमता विकास र प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले बजेट तथा स्थानीय तह सञ्चालन ऐन, जनप्रतिनिधिको क्षेत्राधिकार तथा वडा र कार्यपालिका सदस्यको काम, कर्तव्य र अधिकारका विषयमा प्रशिक्षण दिएकी थिइन् ।

तालीम समापन अवसरमा उपाध्यक्ष दवाडीले अधिकांश जनप्रतिनिधिलाई नयाँ संहिता र कानूनबारे जानकारी नहुँदा समस्या हुने गरेको बताउँदै कानूनी साक्षरताका लागि गाउँपालिकाले प्रशिक्षण अभियान नै थालेको बताइन् ।

उनले जनप्रतिनिधिले संविधान, ऐन, कानून तथा कार्यविधिको राम्रोसँग अध्ययन गर्नुपर्ने र कानून निर्माणकर्तासमेत भएकाले बढीभन्दा बढी अध्ययनमा जोड दिनुपर्ने आवश्यकता औँल्याइन् ।

चालू आर्थिक वर्षको महिला लक्षित स्वीकृत वार्षिक कार्यक्रमअनुसार क्षमता विकाससम्बन्धी तालीम प्रदान गरिएको बताउँदै गाउँपालिका महिला विकास निरीक्षक एवं तालीम संयोजक रीता थापाले यसबाट काम गर्ने क्रममा आइपर्ने समस्याको उचित कानूनी समाधानमा सघाउने विश्वास व्यक्त गरिन् । (रासस)

वि.सं.२०७६ फागुन १९ सोमवार १०:४३ मा प्रकाशित

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकामा व्यवसायिक मौरी पालन सम्वन्धि १६...

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ढोरपाटन (बागलुङ) । दुई दशक अगाडि ट्रर्याक खुलेको गलकोट–ताराखोला सडक...

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

बागलुङमा प्याराग्लाइडिङ परीक्षणमै सीमित 

गलकोट (बागलुङ) । बागलुङमा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको परीक्षण उडानले...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...

वालिङमा आत्मरक्षा तालिम : तालिम जिल्लाभर सञ्चालन गर्न माग

वालिङमा आत्मरक्षा तालिम : तालिम जिल्लाभर सञ्चालन गर्न माग

स्याङ्जा । स्याङ्जाको वालिङमा सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना र...

सञ्चारमन्त्री तथा एमाले उपमहासचिव गुरुङ सम्मानित

सञ्चारमन्त्री तथा एमाले उपमहासचिव गुरुङ सम्मानित

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ...