
काठमाडौं, २० फागुन । दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओलीलाई विशेषज्ञ डाक्टरहरुले निरन्तर निगरानीमा राखेका छन् । मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले ओलीको स्वास्थ्य राम्रो रहेको बताएको छ ।
‘प्रधानमन्त्री केपी ओली अहिले अस्पतालमा विशेषज्ञको निरन्तर निगरानीमा हुनुहुन्छ। ‘ अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेम कृष्ण खड्गाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म उहाँको स्वास्थ्य स्थिति राम्रो अवस्थामा छ । उहाँ विशेषज्ञहरुको निरन्तर निगरानीमा हुनुहुन्छ।’
प्रधानमन्त्रीलाई मिर्गौला प्रत्यारोपण अगाडि दिइने आवश्यक औषधि दिन शुरु गरिएको विज्ञप्तिमार्फत् जानकारी गराइएको छ। ओलीलाई दोस्रो पटक उनकी भाञ्जी नाताकी समीक्षा संग्रौलाले मिर्गौला दिने भएकी छिन् । चिकित्सकका अनुसार उनको स्वास्थ्य जाँच गरी तयारी अवस्थामा राखिएको छ।
वि.सं.२०७६ फागुन २० मंगलवार १७:५६ मा प्रकाशित